बुधबार, असोज १४, २०८३

तनहुँमा निर्माणाधीन पाँच सडकको म्याद थप

पूर्वाधार विकास कार्यालय एकाइ कार्यालय तनहुँमार्फत निर्माणाधीन अवस्थामा रहेका पाँचवटा सडकको म्याद थप गरिएको छ। कोरोना कारण निर्माणकार्य अवरुद्ध भएका सडकको आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्ने गरी विभिन्न चरणमा म्याद थप गरिएको हो।
 |  आइतबार, फागुन २२, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २२, २०७८

तनहुँ- पूर्वाधार विकास कार्यालय एकाइ कार्यालय तनहुँमार्फत निर्माणाधीन अवस्थामा रहेका पाँचवटा सडकको म्याद थप गरिएको छ। कोरोना कारण निर्माणकार्य अवरुद्ध भएका सडकको आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्ने गरी विभिन्न चरणमा म्याद थप गरिएको हो।

जिल्लाको दुलेगौडा–हर्कपुर सडक आगामी असारसम्म, भानुमार्ग आगामी फागुनसम्म, मानपुर–डेढगाउँ मोटरमार्गको फागुनसम्म र आँबुखैरेनी–छिम्केश्वरी आगामी असोजसम्म म्याद थपका लागि मन्त्रालयमा पठाइएको छ। त्यसैगरी दासढुङ्गा–देउपुर सडक आगामी असारसम्म म्याद थपका लागि प्रक्रियामा राखिएको कार्यालयका सिनियर डिभिजन इञ्जीनियर दिनेशकुमार घिमिरेले जानकारी दिए।

जिल्लाको देवघाटबाट घिरिङ गाउँपालिका हुँदै केलादीघाट कालीगण्डकी नदीको तीरैतीर स्याङ्जा, पाल्पा जोड्ने शालिकराम करिडरअन्तर्गत ६८ किलोमिटर सडकमध्ये  दासढुङ्गा–देउपुरसम्म छ किमी कालोपत्र भएको छ भने २५ किमी ग्राबेल गरिएको र बाँकी ३७ किमी ग्राबेल गर्न बाँकी रहेको उनले बताए।

त्यसैगरी १३ पुलमध्ये आठवटाको भर्खरै मात्रै बोलपत्र भएको छ भने पाँचवटा पुलको यसै आवको असार मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। शालिकराम करिडरअन्तर्गत ऋषिङ गाउँपालिका–४ र ५ जोड्ने ज्वालाखोला पुल, ऋषिङ गाउँपालिका–५ लुक्दीखोला पुल, घिरिङ गाउँपालिका–४ को तिरमदीखोला पुल, घिरिङ गाउँपालिका–१ पुट्टार द्रौपद पुल, भिमाद नगरपालिका र ऋषिङ गाउँपालिका जोड्ने फेदीखोलामा निर्माणाधीन अवस्थामा रहेको पुल यसै आवमा सम्पन्न गर्ने लक्ष्य छ।

बोलपत्र भएका आठवटा पुलको तीन वर्षको ठेक्का म्याद रहेकाले यसै वर्ष सम्झौता गरी निर्माणको चरणमा रहेको सो कार्यालयका साइड इन्चार्ज होमनाथ गौतमले जानकारी दिए। 

प्रकाशित: Mar 06, 2022| 00:00 आइतबार, फागुन २२, २०७८
प्रतिक्रिया दिनुहोस्