काठमाडौं- मुस्ताङमा चार महिनाको अवधिमा दोस्रो पटक हिमपहिरो गएको छ। मुस्ताङको मानापाथी हिमालमा शनिबार बिहान हिमपहिरो गएको हो।
हिमपहिरो १५ वटा चौंरी पुरिएका छन् भने १० वटा हराएका छन्। यस्तै पहिरोमा परी तीनवटा चौंरी घाइते भएका छन्।
मुस्ताङ प्रहरी प्रमुख डीएसपी रामकुमार दानीका अनुसार शनिबार बिहान ४ बजे खसेको हिमपहिरोले थासाङ गाउँपालिका २, न्याउँरीकोटमा रहेको सुशीला गौचनको चौंरीगोठ पुरिएको हो।
गाईहरू पुरिए पनि गोठालाले भने भागेर आफ्नो जीवन जोगाएको डीएसपी दानीले जानकारी दिए।
यसअघि कात्तिक २८ गते मुस्ताङको कोबाङ क्षेत्रमा हिमपहिरो गएको थियो। मस्ताङको मानापाथी हिमालबाट ठूलो हिमपहिरोको डरले भागदौड हुँदा ९ जना घाइते भएका थिए।