शुक्रबार, जेठ १, २०८३

कोरोनाको ओरालो यात्रा, २४ घण्टामा ९१ संक्रमित

नेपालमा कोरोना भाइरसको संक्रमणदर ओरालो लागेको छ। कुनै समय दैनिक १० हजारभन्दा बढी संक्रमित देखिने गरेकोमा पछिल्लो २४ घण्टामा भने ९१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।
 |  शनिबार, फागुन २१, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २१, २०७८

काठमाडौं- नेपालमा कोरोना भाइरसको संक्रमणदर ओरालो लागेको छ। कुनै समय दैनिक १० हजारभन्दा बढी संक्रमित देखिने गरेकोमा पछिल्लो २४ घण्टामा भने ९१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो। 

National life

कोरोना महामारीको तेस्रो लहर सुरु भएयता पहिलोपटक शनिबार २४ घण्टामा सयभन्दा कम व्यक्तिलाई संक्रमण पुष्टि भएको हो। 

पीसीआर र एन्टिजेन गरी ६ हजार २ सय २० नमुना परीक्षण गर्दा ९१ जना संक्रमित देखिएका हुन्। यस अवधिमा कोरोना संक्रमणका कारण कसैको मृत्यु भएको छैन। यस्तै पछिल्लो २४ घण्टामा ३६२ जना कोरोनाबाट मुक्त भएका छन्। 

सरकारले भने कोरोना संक्रमणदर ओरालो लागेसँगै संक्रमण नियन्त्रणका लागि जारी गरेका प्रतिबन्धात्मक नियमहरु हटाएको छ। 


प्रकाशित: Mar 05, 2022| 22:30 शनिबार, फागुन २१, २०७८
प्रतिक्रिया दिनुहोस्