बुधबार, असार १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • १३ र १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको तीन जना पक्राउ

१३ र १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको तीन जना पक्राउ

१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दैलेखको चामुनण्डाबिन्दाशैनी नगरपालिका-४ नाओ बस्‍ने २४ वर्षीय नबिन शाही पक्राउ परेका छन्। नबिनले आफ्नै घरमा ती बालिकालाई जबरजस्ती करणी गरेको भन्‍ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी जम्बुकाधबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
 |  शनिबार, फागुन २१, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २१, २०७८

दैलेख- दुई १३ र एक १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा तीन जना पक्राउ परेका छन्। १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दैलेखको चामुनण्डाबिन्दाशैनी नगरपालिका-४ नाओ बस्‍ने २४ वर्षीय नबिन शाही पक्राउ परेका छन्। नबिनले आफ्नै घरमा ती बालिकालाई जबरजस्ती करणी गरेको भन्‍ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी जम्बुकाधबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

National life

त्यसैगरी ललितपुरको गोदावरी-५ लेलेमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चम्पेश्वरी बस्ने सल्यानको कालिमाटी गाउँपालिका-१ पोखरा घर भएका २३ वर्षीय प्रकाश भन्‍ने छबिलाल खड्कालाई पक्राउ परेका छन्। खड्काले ती बालिकालाई ललाई फकाई गोदावरी नगरपाल-का(५ लेलेस्थित तरकारी खेती गरेको टनेलमा लगि बिहीबार जबरजस्ती करणी गरेको भन्‍ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी टिकाभैरब र महानगरीय प्रहरी वृत्त चापागाँउबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।  

झापामा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बुद्धशान्ती गाउँपालिका-२ खतिवडा चोक बस्ने २५ वर्षीय रोहित शिवालाई पक्राउ परेका छन्। रोहितले गत फागुन १२ गते ती बालिकालाई ललाई फकाई आफ्नो घरमा लगि जबरजस्ती करणी गरेको भन्ने जाहेरी प्राप्त भएपश्चात ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ। 


प्रकाशित: Mar 05, 2022| 17:30 शनिबार, फागुन २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।