मस्को- रुसको सञ्चार नियामक निकायले फेसबुक, ट्विटर, यूट्युबमाथि प्रतिबन्ध लगाएको छ। रूसले मिडिया र सूचना स्रोतविरुद्ध भेदभाव गरेको भन्दै प्रतिबन्ध घोषणा गरेको हो।
"हामीले हाम्रा सेवाहरू पुनर्स्थापना गर्न सक्दो प्रयत्न जारी राख्नेछौं ताकि तिनीहरू सुरक्षित रूपमा आफूलाई अभिव्यक्त गर्न र कार्यको लागि संगठित गर्न मानिसहरूका लागि उपलब्ध होऊन्,' विज्ञप्तिमा उल्लेख गरेका छन्।
फेसबुकको सुरक्षा नीति प्रमुखले कम्पनीले युक्रेनको अवस्थालाई नजिकबाट नियालिरहेको बताएका थिए।
बीबीसी, सीएनएन, ब्लुमबर्ग, सीबीएस न्यूज र एबीसी न्यूजले भने रुसमा आफ्नो सेवा प्रवाह नगर्ने निर्णय गरेका छन्।
राष्ट्रपति भ्लादिमिर पुटिनले हस्ताक्षर गरेको नयाँ कानुनले युक्रेनमा जारी युद्धबारे 'मिथ्या समाचार' फैलाए १५ वर्षसम्म जेल सजाय गर्न सक्ने व्यवस्था गरिएका कारण अन्तर्राष्ट्रिय समाचार माध्यमले रुसमा सेवा प्रवाहमा रोक लगाएका हुन्।
कानुन लागू भएपछि रुसमा स्वतन्त्र रिपोर्टिङ बन्द गरिने सम्भावना छ। समाचार संस्थाहरूलाई युक्रेनमा जारी द्वन्द्वलाई 'युद्ध' भनेर उल्लेख गर्न अनुमति दिइएको छैन।
सीबीएसका प्रवक्ताले प्रसारण नगर्ने जानकारी दिँदै भनेका छन्, 'हामीले नयाँ मिडिया कानुनलाई मध्यनजर गर्दै हाम्रो समूहको परिस्थितिको निगरानी गरिरहेका छौँ।'
एबीसीले पनि सेवा रोक्ने निर्णय नयाँ कानुनमा आधारित भएको बताउँदै भनेको छ, 'स्थितिको मूल्याङ्कन गर्न र रुसमा हाम्रा समूहहरूको सुरक्षामा यसले कस्तो अर्थ राख्छ भनेर निर्धारण गर्न आवश्यक छ।'