काठमाडौं– आन्तरिक हवाई उडानको भाडा बढेको छ। नेपाल आयल निगमले हवाई इन्धनको भाउ बढाएपछि वायुसेवा कम्पनीहरुले भाडा बढाएका हुन्।
भोलि आइतबारदेखि लागू हुनेगरी भाडा बढेको हो। सबैभन्दा धेरै विराटनगर–नेपालगञ्ज रुटको भाडा ५४० रुपैयाँले बढेको छ। त्यसैगरी काठमाडौं–धनगढीको भाडा ४४५ रुपैयाँ बढेको छ। काठमाडौं–भद्रपुरको तीन सय, काठमाडौं–सुर्खेतको ३४५ र काठमाडौं–नेपालगञ्जको ३३० रुपैयाँ भाडा बढेको छ।
हेर्नुस् कहाँको भाडा कति