बुधबार, असार १०, २०८३

गाउँपालिकाको केन्द्रमा प्रहरी चौकी भवन निर्माण

प्रदेश प्रहरी कार्यालयमार्फत ठेक्का लिएका निर्माण व्यवसायीले भवन बनाएर हस्तान्तरण गरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक श्यामकुमार राईले जानकारी दिए।
 |  शनिबार, फागुन २१, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २१, २०७८

म्याग्दी- म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा प्रहरी चौकीको भवन निर्माण भएको छ। सबै स्थानीय तहको केन्द्रमा प्रहरी चौकी स्थापना गर्ने संघीय सरकारको योजना अनुसार गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा गाउँपालिकाले व्यवस्थापन गरेको जग्गामा भवन निर्माण भएको हो। 

National life

प्रदेश प्रहरी कार्यालयमार्फत ठेक्का लिएका निर्माण व्यवसायीले भवन बनाएर हस्तान्तरण गरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक श्यामकुमार राईले जानकारी दिए।

‘निर्माण व्यवसायीले भवनको चावी हस्तान्तरण गरिसकेका छन्,’ उनले भने, ‘जनशक्ति व्यवस्थापन गरेर प्रहरी चौकी स्थापना गर्ने तयारीमा छौं।’

३ तले भवनमा कार्यालय, ब्यारेक र थुनुवा कक्षका लागि १० कोठा छन्। दुई वटा भान्छा कोठा, शौचालय र स्नानगृह छन्। भवन बनाउन विक्रम संवत् २०७७ असोजमा शिवाको–जयलक्ष्मी जेभी बागलुङले १ करोड ८७ लाख ६२ हजार रुपैयाँमा ठेक्का लिएको थियो। 

भवन निर्माणका लागि गाउँपालिकाको पहलमा मौवाफाँटका प्रेमनाथ शर्मा, तारानाथ शर्मा, वीरबहादुर विश्वकर्मा र मिठू खत्रीले निःशुल्क तीन रोपनी जग्गा उपलब्ध गराएका थिए। म्याग्दीमा सदरमुकाम बेनीको जिल्ला प्रहरी कार्यालय मातहत १७ वटा चौकी तथा पोस्ट छन्। 

Shivam cement

घोरेपानी, घार, भुरुंगङ–तातोपानी, भगवति, पाखापानी, चिमखोला, तिप्ल्याङ, गलेश्वर, कालीपुल, मङ्गलाघाट, रत्नेचौर, सिंगा तातोपानी, बाबियाचौर, दरबाङ र ताकममा प्रहरी इकाइ छन्। जिल्ला प्रहरी कार्यालय, ताकम प्रहरी चौकी, सिमा प्रहरी चौकी भुरुङ तातोपानीको मात्र आफ्नै भवन छन्। अन्य प्रहरी युनिट सामुदायिक भवन र भाडाको घरबाट सञ्चालन भएका छन्। पूर्वाधार अभावमा सुरक्षाकर्मीको आवास व्यवस्थापन, प्रशासनिक काम र पक्राउ परेका व्यक्तिलाई राख्न समस्या भएको छ। प्रहरी चौकीको भवन बनाउन जग्गाको अभाव प्रमुख समस्या देखिएको छ।    रासस

प्रकाशित: Mar 05, 2022| 14:00 शनिबार, फागुन २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।