बुधबार, असार १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • खानेपानी व्यवस्थापनका लागि कानुन बन्न नसकेको गुनासो

खानेपानी व्यवस्थापनका लागि कानुन बन्न नसकेको गुनासो

पानी जस्तो संवेदनशील क्षेत्रमा अहिलेसम्म ऐन, नीति निर्माण नहुनु दुःखद भएको नेपाल नगरपालिका संघका कार्यक्रम व्यवस्थापक उमाशंकर यादवले बताए।
 |  शनिबार, फागुन २१, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २१, २०७८

तुलसिपुर- खानेपानी स्थानीय तहको एकल अधिकारको सूचीमा छ तर अझै खानेपानीको व्यवस्थापनका लागि ऐन निर्माण हुन सकेको छैन। पानी जस्तो संवेदनशील क्षेत्रमा अहिलेसम्म ऐन, नीति निर्माण नहुनु दुःखद भएको नेपाल नगरपालिका संघका कार्यक्रम व्यवस्थापक उमाशंकर यादवले बताए।

National life

‘खानेपानी संवेदनशील क्षेत्र हो,’ उनले भने, ‘त्यही भएर स्थानीय तहलाई एकल अधिकार दिएको हो तर, यसलाई स्थानीय तहले पूर्णता दिन सकेको छैन।’

तुलसीपुर उपमहानगरपालिकाले खानेपानीका लागि छुट्टै ऐन बनाउन सकेको छैन। खानेपानी जस्तो क्षेत्रलाई कतै स्वास्थ्यसँग, कतै सरसफाइसँग, कतै वातावरणसँग जोडेर हेरिन्छ। उनले खानेपानीलाई नै प्राथमिकता दिएर ऐन, नीति निर्माण गर्नुपर्ने बताए। ‘शिक्षा, स्वास्थ्य, सामाजिकलगायतका आफ्नै समिति हुन्छन्,’ उनले भने, ‘तर खानेपानीको आफ्नै समिति छैन।’

उपमहानगरपालिकाले सामाजिक, वातावरण र स्वास्थ्य शाखाले संयुक्त रुपमा खानेपानीलाई हेर्ने गरेको छ। तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका सचिव सेवकराम भण्डारीले विषयगत समिति नहुँदा समस्या भएको बताए। उनका अनुसार त्यसले गर्दा जनताले कस्तो पानी खान बाध्य छन्, धारा कति छन् लगायतका कुरामा स्थानीय सरकार जानकार नभएको बताए।  रासस

प्रकाशित: Mar 05, 2022| 12:52 शनिबार, फागुन २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।