शुक्रबार, साउन २९, २०८३

उपभोक्तालाई सीप सिकाउँदै मौलाकाली वन

नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैंडाकोट-१ मा रहेको मौलाकाली सामुदायिक वनले स्थानीय महिलालाई सीप सिकाउन सुरू गरेको हो।
 |  शनिबार, फागुन २१, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २१, २०७८

नवलपरासी- गरीबी निवारणका लागि नवलपुरको एक सामुदायिक वनले आफ्ना उपभोक्तालाई सीपमूलक तालिम सञ्चालन गरेको छ। नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैंडाकोट-१ मा रहेको मौलाकाली सामुदायिक वनले स्थानीय महिलालाई सीप सिकाउन सुरू गरेको हो।

वनले महिला सशक्तीकरण कार्यक्रमअन्तर्गत शुक्रबारदेखि १७ महिलालाई हस्तकलासम्बन्धी तालिम दिन सुरू गरेको हो। ७ दिने तालिम शुक्रबार गैंडाकोट नगरपालिका प्रमुख छत्रराज पौडेलले शुभारम्भ गर्दै  उद्यमशील र स्वरोजगार बन्न आग्रह गरे।

गैंडाकोटमा केबलकार निर्माण भएपछि आन्तरिक पर्यटक बढ्ने र हस्तकलाको बजार पनि बढ्ने भएकाले हस्तकलाका सामग्री बिक्री गरेर मनग्य आम्दानी गर्न सकिने उनको भनाइ थियो। 

सामुदायिक वनका अध्यक्ष हरिप्रसाद सापकोटाले विगतका कार्यक्रमबाट महिलाहरू स्वरोजगारका साथै स्वावलम्बी पनि भएकाले सीपमूलक कार्यक्रमलाई निरन्तरता दिइने बताए।

महिला सशक्तीकरण समिति संयोजक इन्दिरा शर्माले तालिम लिएका सहभागीले उत्पादन गरेका सामग्रीलाई बजारीकरणका लागि समेत सामुदायिक वनले संयोजन गर्ने जानकारी दिइन्। सबडिभिजन वन कार्यालयका प्रमुख सूर्यसिंह गुरुङले वन विकास कार्यक्रममा  रहेको बजेटबाट  महिला सशक्तीकरणको कार्यक्रम अघि बढाइनुपर्नेमा जोड जोड दिए। सहभागी प्रतिक्षार्थीले अवसरलाई उद्यमशीलतामा परिणत गर्न सुझाव दिएका थिए। रासस

प्रकाशित: Mar 05, 2022| 10:35 शनिबार, फागुन २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।