बुधबार, असार १०, २०८३

किशोरीलाई आत्मरक्षा तालिम दिन सुरु

तालिममा कुनै पनि दुर्व्यवहारको प्रश्न उठाउन, तत्काल प्रतिवाद गर्न, स्थानीय तह वा प्रहरी सक्षम गएर उजुरी गर्न, वा भौतिकरुपमा प्रतिकारसमेत गर्नसक्ने बनाउनेलगायत विषयमा जानकारी दिइने छ। यस्तै त्यस्ता घटनको कानूनी व्यवस्थाबारे पनि जानकारी दिइने छ।
 |  शनिबार, फागुन २१, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २१, २०७८

काभ्रेपलाञ्चोक- नमोबुद्ध नगरपालिकाले नगरभित्रका किशोरीका लागि आत्मरक्षा तालिम दिन सुरु गरेको छ। तीन दिने उक्त तालिम शुक्रबारदेखि नमोबुद्ध नपा-८ स्थित दाप्चा माध्यमिक विद्यालयमा सुरु गरिएको हो। लैङ्गिक हिंसा न्यूनीकरण गर्ने उद्देश्यले आयोजित उक्त तालिममा नगरको वडा नं १, ७, ८, ९ र १० का पाँच विद्यालयको ४० किशोरी सहभागी भएका छन्।

National life

नगरपालिकाको सहयोगमा मण्डनदेउपुर नगरको द माउन्ट एभरेस्ट तेक्वान्दो डोजाङले सञ्चालन गरेको उक्त तालिम नगरप्रमुख टिपी शर्मा तिमल्सिनाले शुभारम्भ गरे। 

तालिममा कुनै पनि दुर्व्यवहारको प्रश्न उठाउन, तत्काल प्रतिवाद गर्न, स्थानीय तह वा प्रहरी सक्षम गएर उजुरी गर्न, वा भौतिकरुपमा प्रतिकारसमेत गर्नसक्ने बनाउनेलगायत विषयमा जानकारी दिइने छ। यस्तै त्यस्ता घटनको कानूनी व्यवस्थाबारे पनि  जानकारी दिइने छ।

नगर प्रमुख तिमल्सिनाले तालिमले हिंसामुक्त समाज निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउँदै यस्तो तालिम अब निरन्तररुपमा सञ्चालन गरिने जानकारी दिए। ‘महिलामैत्री र  बालमैत्री नगर निर्माणका लागि आफूहरुले निर्वाचित भएदेखि नै निरन्तर कार्यक्रम सञ्चालन गर्दै आएका छौँ’, उनले भने। नगर उपप्रमुख रामदेवी तामाङले किशोरी भएदेखि नै लैङ्गिक हिंसा सुरु हुने भएकाले त्यसलाई न्यूनीकरण गर्न यस्ता तालिमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए। 

प्रकाशित: Mar 05, 2022| 08:40 शनिबार, फागुन २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।