शुक्रबार, साउन २९, २०८३

अतिक्रमित सार्वजनिक जग्गा फिर्ता गर्न ताकेता

बेनी नगरपालिका–८ स्थित पुरानो कालीपुल बजारका केही व्यक्तिले अतिक्रमण गरेर भोगचलन गर्दै आएका सार्वजनिक जग्गा फिर्ता गराउन ताकेता गरिएको हो।
 |  शनिबार, फागुन २१, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २१, २०७८

म्याग्दी- म्याग्दी सदरमुकाम बेनीमा अतिक्रमित सार्वजनिक जग्गा फिर्ता गर्न ताकेता गर्न थालिएको छ। बेनी नगरपालिका–८ स्थित पुरानो कालीपुल बजारका केही व्यक्तिले अतिक्रमण गरेर भोगचलन गर्दै आएका सार्वजनिक जग्गा फिर्ता गराउन ताकेता गरिएको हो।

कालीगण्डकी नदी किनारमा नगरपालिकाले उद्यान निर्माण गर्न लागेको जग्गा नै अतिक्रमण भएको पाइएपछि शुक्रबार वडा कार्यालयले नापी कार्यालयका प्राविधिक टोली खटाएर त्यहाँका सार्वजनिक जग्गाको अनुगमन  गरेको थियो। 

जग्गा नापी कार्यालयका प्रविधिकको सहयोगमा सार्वजनिक छुट्याइएको नगरपालिका प्रवक्ता एवं वडा नम्बर ८ का अध्यक्ष रामकृष्ण बराईलीले जानकारी दिए। साँधसिमानामा रहेका ६ जनाले सार्वजनिक जग्गा ओगटेको भेटिएको उनको भनाइ थियो।

सार्वजनिक जग्गा अतिक्रमण गरेका घरधनीलाई पत्र काटेर र जानकारी गराएर फिर्ता गर्न ताकेता गरिएको वडा कार्यालयले जनाएको छ। नदीको किनारमा रहेको सार्वजनिक जग्गामा बाल उधान र बगैंचासँगै कालीपुल बसर्पाकमा पुग्ने पैदलर्माग बनाउने योजना रहेको वडा अध्यक्ष बराईलीले जानकारी दिए।

‘यस आर्थिक वर्षमा नगरपालिकाबाट विनियोजन गरिएको ४ लाख रुपैयाँबाट सार्वजनिक जग्गा घेराबार गर्नेछौं, जग्गा संरक्षणसँगै थप बजेटको व्यवस्था गरेर बाल उद्यान निर्माण गर्ने योजना छ,’ उनले भने। 

सदरमुकाम बेनीमा सार्वजनिक जग्गा अतिक्रमण बढ्दो छ। अतिक्रमित सार्वजनिक जग्गा फिर्ता गराउन नगरपालिकाले चासो देखाए पनि राजनैतिक संरक्षणको आडमा अतिक्रमण गरेका व्यक्तिहरूले अटेरी गरिरहेका छन्।

प्रकाशित: Mar 05, 2022| 06:56 शनिबार, फागुन २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।