बुधबार, असार १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • शर्मिला वाइबाविरुद्ध साइबर ब्युरोमा रेखा थापाको उजुरी

शर्मिला वाइबाविरुद्ध साइबर ब्युरोमा रेखा थापाको उजुरी

नायिका रेखा थापाले आफूलाई युट्युबमा तथानाम गालीगलौज गरेको भन्दै प्रहरीमा निवेदन दिएकी छन्।
 |  शुक्रबार, फागुन २०, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २०, २०७८

काठमाडौं– नायिका रेखा थापाले आफूलाई युट्युबमा तथानाम गालीगलौज गरेको भन्दै प्रहरीमा निवेदन दिएकी छन्।

National life

विद्युतीय माध्यममार्फत आफ्नो मानमर्दन र गाली बेइज्जती गरेको उल्लेख गर्दै रेखाले युट्युबमा अभिव्यक्ति दिने शर्मिला वाइबाविरूद्ध निवेदन दिएकी हुन्। वाइबाले छवि ओझासँगको सम्बन्ध उद्धृत गर्दै रेखालाई ‘चरित्रहिन महिला’ भनेपछि रेखाले प्रहरी गुहारेकी हुन्।

नाबालिग बलात्कारको आरोपमा पक्राउ परेका पल शाहको पक्षमा तनहुँमा दैनिकजसो प्रदर्शन हुन थालेपछि रेखाले बालिकाको संरक्षण हुनुपर्ने धारणा फेसबुकमार्फत व्यक्त गरेकी थिइन्। रेखाले सार्वजनिक टिप्पणी गरेपछि युट्युबमा उनीविरूद्ध घृणा फैलाउने अभिव्यक्तिहरू सार्वजनिक भएका थिए।

‘२० वर्ष मुनिका छोरीहरू बालिका हुन्, बालिका कानुनतः सबै प्रकारका सुरक्षा र अभिभावकत्व प्राप्त गर्ने अधिकार राख्दछन्, समाजको भूमिका उनीहरूलाई संरक्षण गर्ने हो। कोसँग लभ छ, कति पटक यौनसम्पर्क भयो जस्ता नैतिकतावादी कुराको कानुनलाई मतलब हुनु हुँदैन। समाजको आडम्बर त कुरा गरी साध्य छैन। केटी मान्छे भनेपछि दुनियाँभरि कतै नभएका नैतिक मापदण्ड र हिलो छ्याप्ने चलन लज्जाजनक रूपमा नेपालमा ब्याप्त छ,’ रेखाले फेसबुकमा लेखेकी थिइन्।


प्रकाशित: Mar 04, 2022| 16:20 शुक्रबार, फागुन २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।