बिहीबार, असार ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • स्कुटरको ठक्करबाट ग्वार्कोमा बालिकाको मृत्यु, चालक फरार

स्कुटरको ठक्करबाट ग्वार्कोमा बालिकाको मृत्यु, चालक फरार

ललितपुरको ग्वार्को चोकमा स्कुटरको ठक्करबाट एक बालिकाको ज्यान गएको छ।
 |  शुक्रबार, फागुन २०, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २०, २०७८

काठमाडौं– ललितपुरको ग्वार्को चोकमा स्कुटरको ठक्करबाट एक बालिकाको ज्यान गएको छ।

National life

बिहीबार साँझ करिब ७ बजे पैदल हिँडिरहेकी ६ वर्षिया अनुष्का जैसवाललाई नम्बर नखुलेको स्कुटरले ठक्कर दिएको थियो।

गम्भीर घाइते भएकी बालिकाको उपचारका क्रममा ग्वार्कोस्थित बी एण्ड बी अस्पतालमा मृत्यु भएको ललितपुर प्रहरीले जनाएको छ। रौतहट घर भएकी बालिका ललितपुरको बालकुमारीमा परिवारसँग बस्दै आएकी थिइन्।

ठक्कर दिएर फरार स्कुटर चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Mar 04, 2022| 12:47 शुक्रबार, फागुन २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।