शुक्रबार, साउन २९, २०८३

पल शाह प्रकरणमा मानव अधिकार आयोगसमेत बोल्यो

एक नाबालिग गायिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका कलाकार पल शाह प्रकरणबारे ध्यानाकर्षण भएको राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ।
 |  शुक्रबार, फागुन २०, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २०, २०७८

काठमाडौं– एक नाबालिग गायिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका कलाकार पल शाह प्रकरणबारे ध्यानाकर्षण भएको राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ।

आयोगले आज विज्ञप्ति जारी गर्दै तनहुँ प्रहरीले अनुसन्धान गरिरहेको अवस्थामा विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा आरोपका पक्ष–विपक्षमा भइरहेका प्रचारबाजी, प्रदर्शन तथा सार्वजनिक अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको हो।

आयोगले यस विषयमा विभिन्न माध्यमबाट अनुगमन तथा सूचना संकलन गरिरहेको पनि जनाएको छ। आयोगले भनेको छ,  ‘गम्भीर प्रकृतिको अपराधको अनुसन्धान फौजदारी न्यायको सिद्धान्त अनुसार गोप्य, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा हुनुपर्दछ। अधिकार प्राप्त निकायबाट अनुसन्धान प्रक्रिया चलिरहँदा आरोपका पक्ष र विपक्षमा प्रदर्शन गर्ने, अभिव्यक्ति दिने र प्रचारबाजी गर्नाले आरोपित र पीडित दुवै पक्षको गोपनीयता र मर्यादामा आँच पुग्नुका साथै अनुसन्धान प्रक्रियासमेत प्रभावित हुने सम्भावना रहन्छ।’

यस प्रकारका गतिविधिले नेपालको संविधानको धारा २८ को गोपनीयताको हक र धारा २० मा उल्लिखित न्यायसम्बन्धी हक, मुलुकी फौजदारी संहिताको दफा २९८, मानवअधिकारको विश्वव्यापी घोषणापत्र, १९४८ को धारा १२ र नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिको धारा १७ मा व्यवस्था भएको गोपनीयताको अधिकारसमेत प्रभावित भएको आयोगका सहायक प्रवक्ता लोकनाथ बास्तोलाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

गम्भीर प्रकृतिको फौजदारी अपराधको अनुसन्धान प्रक्रियालाई प्रभावित पार्ने गरी पक्ष र विपक्षमा समाचार सम्प्रेषण नगर्न, यस सम्बन्धमा सम्बन्धित व्यक्तिको अनुमतिविना भिडियो रेकर्ड नगर्न, रेकर्ड गरिएका भिडियो सार्वजनिक नगर्न, अतिप्रचारका कारण प्रमाणहरु नष्ट हुने तर्फ विचार पुर्याउन पनि आयोगले सबैलाई आग्रह गरेको छ। 


प्रकाशित: Mar 04, 2022| 12:42 शुक्रबार, फागुन २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।