बुधबार, असोज १४, २०८३

एक लाख नजिक पुग्यो सुनको भाउ

नेपाली बजारमा सुनको भाउ बढ्दो क्रममा छ। आज शुक्रबार सुन तोलामा ९ सयले बढेको छ।
 |  शुक्रबार, फागुन २०, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २०, २०७८

काठमाडौं– नेपाली बजारमा सुनको भाउ बढ्दो क्रममा छ। आज शुक्रबार सुन तोलामा ९ सयले बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलाको ९९ हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको छ।

हिजो प्रतितोला ९९ हजार रूपैयाँमा कारोबार भएको थियो। 

त्यसैगरी, आज चाँदी  १३ सय ८० रूपैयाँमा कारोबार भइरहेको छ। आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेर प्रतिऔंस १९ सय ३६ अमेरिकी डलरमा कारोबार भइरहेको छ। 

प्रकाशित: Mar 04, 2022| 11:57 शुक्रबार, फागुन २०, २०७८
प्रतिक्रिया दिनुहोस्