बुधबार, असार १०, २०८३

बिग्रिएको ट्रान्सफर्मर मर्मत नहुँदा सबस्टेशन बन्द

विद्युत्को भार थेग्न नसकेपछि सो सबस्टेशनमा जडान भएको एकमात्र तीन एमबिए क्षमताको ट्रान्सफर्मर २०७८ जेठमा जलेको थियो।
 |  शुक्रबार, फागुन २०, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २०, २०७८

म्याग्दी- बिग्रिएको ट्रान्सफर्मर मर्मत र परिवर्तन नहुँदा म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ घरापमा रहेको सबस्टेशन बन्द भएको छ। विद्युत्को भार थेग्न नसकेपछि सो सबस्टेशनमा जडान भएको एकमात्र तीन एमबिए क्षमताको ट्रान्सफर्मर २०७८ जेठमा जलेको थियो।

National life

यहाँबाट म्याग्दीको अन्नपूर्ण गाउँपालिका र मुस्ताङमा केन्द्रीय लाइनको विद्युत् वितरण हुँदै आएको थियो। दुई मेगावाट क्षमताको तातोपानी साना जलविद्युत् आयोजना बन्द भएपछि १३।६ मेगावाट क्षमताको थापाखोला र पाँच मेगावाट क्षमताको घलेम्दीखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् ३३-११ केभीमा सिङ्क्रोलाइज (आन्तरिकीकरण) गरी घरापबाट राष्ट्रिय प्रसारणमा जोडिएको थियो। थापाखोलाको विद्युत्लाई चोखोपानी सबस्टेशनमा चार्ज गरिएको छ। घलेम्दीको बिजुलीलाई दानास्थित सबस्टेशनमा लगिएको छ। 

तातोपानी साना जलविद्युत् र सबस्टेशनका प्रमुख शिवप्रसाद नेपालले वैकल्पिक सबस्टेशनबाट विद्युत् वितरण गर्नुपरेको बताए। ‘लामो समयको प्रयासपछि ६.८ एमबिए क्षमताको ट्रान्सफर्मर ल्याए पनि क्रेन नहुँदा त्यसलाई उचालेर चौकामा राखी जडान गर्न सकेका छैनौँ’, उनले भने, ‘दानाको २२०-१३२ केभिए सबस्टेशनको ३३-११ केभिए सबलाइनबाट पर्वतको मिलनचोक सबस्टेशनबाट विद्युत् वितरण गरिएको छ।’

पुराना र जीर्ण ३३-११ केभिए ट्रान्सफर्मर र प्रसारण लाइनमा बढी क्षमताको विद्युत् पठाइएकाले भार थेग्न नसकी ट्रिप (सबस्टेशनमा विद्युत् काटिने) समस्या थियो। सबस्टेशन बन्द भएपछि लामो दूरीमा वितरण गर्दा विद्युत् आपूर्ति अनियमित हुन थालेको अन्नपूर्ण–३ दानाका गङ्गा पुनले बताए। दुईवटा जलविद्युत् आयोजना र बेनी–जोमसोम–कोरला सडक आयोजनाका अस्थायी क्रसरमा विद्युत् आपूर्तिमा समस्या आएको छ।

घरापमा विसं २०४६ मा नेपाल विद्युत् प्राधिकरणले धवलागिरि क्षेत्रमै पहिलोपटक तातोपानी साना जलविद्युत् आयोजना निर्माण गरेर म्याग्दी, पर्वत, मुस्ताङ र बागलुङका बस्तीमा उज्यालो पुर्‍याएको थियो। गत वर्षदेखि सञ्चालनमा आएको ४२ मेगावाट क्षमताको म्रिस्तीखोला जलविद्युत् आयोजनाले तातोपानी सानाको मुहानभन्दा माथि बाँध बानेर पानी लगेको छ। 

Shivam cement

खोला सुकेपछि हिउँदमा तातोपानी साना जलविद्युत् आयोजनाले विद्युत् उत्पादन गर्न सकेको छैन। नेपाल विद्युत् प्राधिकरणको स्वामित्वमा रहेको तातोपानी साना जलविद्युत् आयोजनाको ऐतिहासिक विरासत अन्त्य भएको छ। आयोजनाको विद्युत् गृहका टर्वाइन, जेनेरेटरलगायतका उपकरण मर्मत हुन नसक्दा १५ वर्षदेखि पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्न सकेको थिएन। पाँच सय किलोवाट मात्र विद्युत् उत्पादन हुने गरेको थियो। चारवटा टर्वाइन सामान्य मर्मत गरेपछि सञ्चालन गर्न सकिने अवस्थाका छन्।   रासस

प्रकाशित: Mar 04, 2022| 10:30 शुक्रबार, फागुन २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।