बुधबार, असार १०, २०८३

'विद्यार्थीको क्षमता बढाउन जरुरी'

‘निर्माण कम्पनीले पनि निर्धारित समयसीमाभन्दा अगावै भवन निर्माण सम्पन्न गर्नुपर्छ’, उनले भने। विद्यालयका भौतिक पूर्वाधार निर्माणले शिक्षा क्षेत्र थप व्यवस्थित भएको उनको धारणा थियो।
 |  शुक्रबार, फागुन २०, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २०, २०७८

काभ्रेपलाञ्चोक- बागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले विद्यार्थीको क्षमता बढाउन जरुरी रहेको बताएका छन्।

National life

उनले महाभारत गाउँपालिकामा एशियाली विकास बैंक (एडिबी)को सहयोगमा निर्माण हुने तीन विद्यालयको सात भवनको संयुक्त शिलान्यास कार्यक्रमलाई बिहीबार घर्तीछापमा सम्बोधन गर्दै विषयगत रूपमा विद्यार्थीको क्षमतामा वृद्धि गराए मात्र अपेक्षित लाभ हासिल गर्न सकिने बताएका हुन्।

‘तपाईँ शिक्षकहरू पूरानै ढर्रामा होइन, आफू पनि अध्ययन गरेर बदलिँदो प्रविधिको विकासका आधारमा विद्यार्थीलाई पढाउनुस् उनीहरुको क्षमता वृद्धि हुन्छ र एक क्षमतावान् नागरिक बन्दछ’, उनले भने। उनले राम्रा विद्यालय भवन र कक्षाकोठाले पढाउने नभई शिक्षक असल र क्षमतावान् भए चौरमा पनि राम्रो शिक्षण हुने बताए। 

मुख्यमन्त्री पाण्डेले गुणस्तरीयताका लागि व्यवस्थापन समितिका पदाधिकारीलाई विद्यालय भवन निर्माण सम्पन्न नहुञ्जेल छेऊमै ‘पाल’ टाँगेर बस्न  निर्देशन दिए। 

‘निर्माण कम्पनीले पनि निर्धारित समयसीमाभन्दा अगावै भवन निर्माण सम्पन्न गर्नुपर्छ’, उनले भने। विद्यालयका भौतिक पूर्वाधार निर्माणले शिक्षा क्षेत्र थप व्यवस्थित भएको उनको धारणा थियो।

Shivam cement

मुख्यमन्त्री पाण्डेले फरक प्रसङ्गमा मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) अमेरिकी सैन्य रणनीतिभित्र नपर्ने बताउनुभएको छ। ‘सैन्य रणनीतिभित्र नपर्ने अमेरिकाले भनिसक्यो, हामीले निकै छलफल गरी अनुमोदन गरेका हौँ, व्याख्यामक टिप्पणी उसले मान्दैन भने हामीले पनि सहायता लिनैपर्छ भन्ने छैन’, उनले भने। एमसिसीका विषयमा अझै गलत प्रचार भइरहनु राम्रो नभएको उनको दुःखेसो थियो।

प्रकाशित: Mar 04, 2022| 08:40 शुक्रबार, फागुन २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।