बुधबार, असार १०, २०८३

पर्वतमा गरिब परिवार पहिचान तथा परिचयपत्र वितरण

गरिबीको रेखामुनि परेका परिवारको तथ्यांक संकलन गरी उनीहरूलाई परिचयपत्र वितरण गर्न थालिएको स्थानीय तहले जनाएका छन्।
 |  शुक्रबार, फागुन २०, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २०, २०७८

पर्वत- पर्वतमा गरिब परिवार पहिचान तथा परिचयपत्र वितरण  सुरू गरिएको छ। जिल्लाका दुई नगरपालिका र पाँच गाउँपालिकामा परिचयपत्र वितरण गर्न सुरू भएको हो। गरिबीको रेखामुनि परेका परिवारको तथ्यांक संकलन गरी उनीहरूलाई परिचयपत्र वितरण गर्न थालिएको स्थानीय तहले जनाएका छन्।

National life

अहिले जिल्लाका सात वटै स्थानीय तहमा गणक तथा सुपरीवेक्षक परिचालन गरिएको छ। भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले सो कार्य सुरू गरेको हो। गरिब परिवार पहिचान गरी उनीहरूलाई राज्यको तर्फबाट राहत प्याकेज सहयोग गर्ने उद्देश्यले तथ्यांक संकलन गर्न थालिएकोले सही र सत्य विवरण संकलन गर्नुपर्नेमा जोड दिइएको छ। 

यसको मूल्यांकन तथा अनुगमनको जिम्मा जिल्ला समन्वय समितिले पाएको छ। गाउँपालिकाको कार्ययोजना अनुसार गणक तथा सुपरीवेक्षक पाँच महिनासम्म फिल्डमा खटिएर तथ्यांक संकलन गर्ने जिल्ला समन्वय अधिकारी सुरेश ढकालले जानकारी दिए। 

स्थानीय तहहरूले मातहतका बासिन्दालाई सही तथ्यांक टिपाउन आग्रह गरेका छन्। उनीहरूले जति धेरै सत्यतथ्य सूचना संकलन भयो त्यति नै धेरै राज्यलाई सहजता र प्रत्यक्ष गरिब परिवारलाई राहत पुग्ने भएकाले झूटा विवरण नदिन आग्रह गरिएको मोदी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत किसानबहादुर क्षेत्रीले बताए। जिल्लाभर परिचालन हुने ४१ जना गणक तथा सुपरीवेक्षकलाई जिससले तालिमसमेत दिइसकेको छ।

प्रकाशित: Mar 04, 2022| 09:25 शुक्रबार, फागुन २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।