बुधबार, असार १०, २०८३

हेलिटुरमार्फत दुई सय बढी पर्यटकले गरे खप्तड अवलोकन

उक्त हेलिटुरमार्फत खप्तडमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेसहितको टोलीले पनि खप्तड अवलोकन भ्रमण गरेको उनको सचिवालयले जनाएको छ।
 |  शुक्रबार, फागुन २०, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २०, २०७८

काठमाडौं- सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तडमा हेलिटुरमार्फत २५० स्वदेशी तथा विदेशी पर्यटकले अवलोकन भ्रमण गरेका छन्। उक्त हेलिटुरमार्फत खप्तडमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेसहितको टोलीले पनि खप्तड अवलोकन भ्रमण गरेको उनको सचिवालयले जनाएको छ।

National life

नेपाल पर्यटन बोर्ड तथा माउन्टेन हेलिकोप्टर प्रालिसँगको समन्वयमा खप्तड राष्ट्रिय निकुञ्ज प्रवद्र्धक तथा नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाटा) सुदूरपश्चिम प्रदेश, उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम तथा होटल व्यवसायी महासंघ सुदूरपश्चिमको सहकार्यमा खप्तड होमस्टे झिग्राना र खप्तड एडभेन्चर टुर्सले उक्त हेलिटुर सञ्चालनमा ल्याएको थियो।

यही फागुन १ गतेबाट सञ्चालन गरिएको हेलिटुरमार्फत दुई विदेशी पर्यटक तथा २४८ आन्तरिक पर्यटक खप्तड अवलोकनका लागि पुगेको खप्तड होमस्टे झिग्राना तथा खप्तड एड्भेन्चर टुर्सका प्रबन्ध निर्देशक दीपकबहादुर खड्काले बताए।

खप्तड राष्ट्रिय निकुञ्ज र प्रमुख धार्मिकस्थल बडिमालिकाका लागि हेलिटुर सञ्चालन गरिएको भए पनि अत्यधिक हिउँका कारण बडिमालिकामा हेलिकप्टर ल्याण्ड गर्न नसकिँदा सोचे जति पर्यटक भित्र्याउन नसकिएको आयोजक संस्थाले जनाएको छ। चिसोको समयमा सुनसानजस्तै देखिने खप्तड क्षेत्रमा यस पटक हेलिटुर सञ्चालन भएपछि पर्यटकलाई अवलोकनका लागि निकै सहज भएको डोटी उद्योग वाणिज्य संघका अध्यक्ष मोहनबहादुर कलेलले बताए।

कोरोना महामारीले दुई वर्षदेखि थला परेको यस क्षेत्रको पर्यटन क्षेत्रमा हेलिटुर सञ्चालन गरिएपछि पर्यटक भित्र्याउनका लागि पनि निकै सहज भएको उनको भनाइ थियो। यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आलेले सुदूरपश्चिम क्षेत्रमा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रमा अधिक मात्रामा पर्यटक भित्र्याउनका लागि निजी क्षेत्र तथा सरकारी क्षेत्रसँग सहकार्य गरी हेलिटुरलगायतका कार्य अगाडि बढाइने बताए।   

Shivam cement

प्रकाशित: Mar 04, 2022| 08:10 शुक्रबार, फागुन २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।