बुधबार, असार १०, २०८३

बागलुङमा स्थानीय तह निर्वाचनको तयारी तीव्र

निर्वाचनको तयारीस्वरुप कार्यालयले अहिले मतदाता नामावली अद्यावधिकमा जुटेको छ।
 |  शुक्रबार, फागुन २०, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २०, २०७८

बागलुङ- जिल्ला निर्वाचन कार्यालय बागलुङले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको तयारी थालेको छ। निर्वाचनको तयारीस्वरुप कार्यालयले अहिले मतदाता नामावली अद्यावधिकमा जुटेको छ।

National life

निर्वाचन घोषणा भएसँगै मतदाता नामावली सङ्कलन स्थगित गरी आन्तरिक तयारीमा लागेको जिल्ला निर्वाचन अधिकारी ओमनारायण शर्माले जानकारी दिए। 'मतदाता नामावली अद्यावधिकका लागि निर्वाचन आयोगमा पठाएका छौँ, आयोगबाट अद्यावधिक भएर आएपछि अन्तिम नामावली प्रकाशित गर्छौं', उनले भने।

कार्यालयले मतदाता परिचयपत्र नभएका मतदाताको हकमा आगामी फागुन २० गतेभित्र वडा कार्यालयको सिफारीसमा निवेदन दिएकाको मात्रै मतदाता परिचयपत्र आउने भन्दै परिचयपत्र नभएकाले समयमै निवेदन दिन आग्रह गरेको जिल्ला निर्वाचन अधिकारी शर्माले जानकारी दिए।

मतदाता परिचयपत्र हराएका अवस्थामा नयाँ बनाउने प्रयोजनका लागि निवेदन दिन आह्वान गर्नुका साथै यही फागुन १९ मतदाता नामावली प्रकाशित गरिने भएको छ। फागुन १९ गते जिल्लाका सबै वडामा मतदाता नामावली प्रकाशन गर्ने भनिए पनि १७ गते भित्रै नामावली पठाइसकिएकाले मतदाना नामावली अध्यावधिक गर्न सहज हुने शर्माको भनाइ छ। मतदाता नामावली अध्यावधिक गर्नका लागि फागुन २० देखि २४ गतेसम्मलाई आह्वान गरिएको छ।  यसका साथै निर्वाचन कार्यालयले मतदाता नामावली प्रकाशन गर्ने, निर्वाचन केन्द्र र सङ्ख्या निर्धारण गर्न, कर्मचारी व्यवस्थापन गर्ने कार्यकोसमेत तयारी थालेको छ।  

अध्यावधिकका लागि वडा कार्यालय र स्थानीय राजनीतिक दलले मतदाता नामावली अध्यावधिक गराउनका लागि राजनीतिक दलसहितको अन्तक्र्रियासमेत जिल्ला निर्वाचन कार्यालयले गरिसकेको छ। 

बागलुङ जिल्लामा स्थानीय तह निर्वाचनका लागि १०३ मतदानस्थल र २०१ केन्द्र तोकिएको छ। हालसम्म जिल्लामा एक लाख ९५ हजार ३२६ फोटोसहितको मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ। निर्वाचन कार्यालयले मतदान स्थल थपघट गर्न नसकिने र मतदाताको अन्तिम नामावलीका आधारमा मतदान केन्द्र हेरफेर भने गर्न सकिने जनाएको छ।

Shivam cement

अध्यावधिकका लागि वडा कार्यालय र स्थानीय राजनीतिक दलले मतदाता नामावली अध्यावधिक गराउनका लागि राजनीतिक दलसहितको अन्तक्र्रियासमेत जिल्ला निर्वाचन कार्यालयले गरिसकेको छ। 

मतदाता नामावली अध्यावधिक गर्ने कार्य स्थानीय तहमार्फत वडासम्म पुग्ने र वडाबाट आएको विवरणका आधारमा अन्तिम नामावली तयार हुने भएका कारण राजनीतिक दलले यो विषयमा सचेत भएर सहयोग गर्न आग्रहसमेत जिल्ला निर्वाचन कार्यालयले गरेको छ। 

मतदाता नामावली अध्यावधिक वडाले एकमुष्ट निर्वाचन कार्यालयमा पठाउन सक्नेछ भने सोझै जिल्ला निर्वाचन कार्यालयमा आएर मतदाता नामावली अध्यावधिक गर्न सकिनेछ। मतदाता नामावलीमा नाम, ठेगानालगायतको विवरण त्रुटि भएमा मतदानबाट वञ्चित हुन नपरोस् भनेर निर्वाचन आयोगले प्रकाशित गरेको सूचनाअनुसार मतदाता नामावली अध्यावधिक गर्न थालिएको हो। यस्तै निर्वाचनमा कर्मचारी व्यवस्थापनका लागि प्रत्येक सरकारी कार्यालयबाट कर्मचारीको विवरण सङ्कलन गरेर पठाइसकेको जिल्ला प्रशासन कार्यालय बागलुङले जनाएको छ।  रासस

प्रकाशित: Mar 04, 2022| 07:55 शुक्रबार, फागुन २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।