बुधबार, असार १०, २०८३

पर्वतमा प्रभावकारी बन्दै टेलिमेडिसिन सेवा

ग्रामीण क्षेत्रमा इन्टरनेटको माध्यमबाट नेपालका काठमाडौं, पोखरा तथा बेलायतमा रहेका विदेशी विशेषज्ञ चिकित्सकले स्वस्थ्य सेवा दिन थालेपछि यहाँका नागरिक खुसी भएका छन्। अहिले उक्त सेन्टरमा बिरामीको भिड लाग्न थालेको छ।
 |  शुक्रबार, फागुन २०, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २०, २०७८

पर्वत- पछिल्लो समय यहाँका विकट गाउँमा टेलिमेडिसिन सेवा प्रभावकारी बन्दै गएको छ। पर्वतको फलेवास नगरपालिका–८ ठानामौलामा चार भन्ज्याङ सेवा केन्द्रले सञ्चालनमा ल्याएको टेलिमेडिसिन सेवा प्रभावकारी बन्दै गएको हो।

National life

वर्षौंदेखि जनशक्तिको अभावमा स्वास्थ्य सेवा लिनबाट वञ्चित रहेका दुर्गमका नागरिकलाई लक्षित गरी वैकल्पिक माध्यमबाट दिइने चिकित्सकीय सेवा (टेलिमेडिसियन) सुरु गरेपछि उनीहरुले सर्वसुलभ रुपमा स्वास्थ्य उपचार पाएका हुन्। 

ग्रामीण क्षेत्रमा इन्टरनेटको माध्यमबाट नेपालका काठमाडौं, पोखरा तथा बेलायतमा रहेका विदेशी विशेषज्ञ चिकित्सकले स्वस्थ्य सेवा दिन थालेपछि यहाँका नागरिक खुसी भएका छन्। अहिले उक्त सेन्टरमा बिरामीको भिड लाग्न थालेको छ।

हाल स्वास्थ्य केन्द्रबाट क्षारे, मानसिक समस्या, पिसाब, छालारोग र नशाका जटिल समस्याभएका बिरामीले स्वदेशी तथा विदेशी विशेषज्ञबाट स्वास्थ्य सेवा लिइरहेको चारभञ्ज्याङ स्वास्थ्य केन्द्रका प्रमुख रोशन गुरुङले जानकारी दिए। 

केन्द्रले इन्टरनेटको माध्यमबाट स्काइपमार्फत बिरामीका समस्या डाक्टरसँंग राख्ने र ती डाक्टरको सल्लाहमा औषधि उपचार हुने गरेको हो। विगत २०६८ सालमा स्थापना भएको यो केन्द्रबाट हालसम्म करिब २३ हजार बिरामीको उपचार गरिएको छ।

Shivam cement
 ‘मेरो नसाको समस्याले गर्दा हिँडडुल गर्न नसक्ने अवस्था थियो, केन्द्रमा आएर विशेषज्ञ चिकित्सकको सुझावका आधारमा नियमित उपचार गरें, अहिले निको भएर सहज रुपमा हिँडडुल गर्न पाएको छु।’

यहाँबाट २०० भन्दा धेरै बिरामीलाई सम्बन्धित विशेषज्ञ चिकित्सकलाई बाहिर पठाई उपचार गरिएको छ। यो संस्थामा विश्वका करिब ७०० भन्दा बढी चिकित्सकबाट सेवा प्रवाह भइरहेकोे गुरुङले जानकारी दिए। 

केहीले नियमित औषधि सेवन गरिरहेका छन्। लामो समयदेखि नशाको समस्याले हिँडडुल गर्नसमेत समस्यामा रहेका फलेवास नगरपालिका–८ का ३८ वर्षीय अर्जुन कुँवरले यही केन्द्रबाट उपचार सेवा लिएर हाल निको भएको बताए।

उनले  भने, ‘मेरो नसाको समस्याले गर्दा हिँडडुल गर्न नसक्ने अवस्था थियो, केन्द्रमा आएर विशेषज्ञ चिकित्सकको सुझावका आधारमा नियमित उपचार गरें, अहिले निको भएर सहज रुपमा हिँडडुल गर्न पाएको छु।’

उनले हाल विदेशी चिकित्सकको सल्लाहमा घाँटीको नशाको शल्यक्रिया गरेपछि आफ्नो समस्या समाधान भएको बताए। उनीजस्तै दर्जनौं बिरामी यहाँ आएर निको भएको सो केन्द्रले जनाएको छ। 

यहाँ आउने बिरामीलाई भर्ना गरेर उपचार गर्नुपर्ने अवस्थामा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरासँग समन्वय गरी त्यहाँ पठाउने गरेको र सामान्य बिरामीलाई यहीँबाट उपचार सेवा प्रदान गर्ने गरिएको केन्द्रले जनाएको छ।

चार भन्ज्याङ तमु समाज युकेको पहलमा २०६८ सालमा स्थापना भएको चार भञ्ज्याङ स्वास्थ्य केन्द्रले सञ्चालन गर्दै आएको प्राथामिक स्वास्थ्य सेवा र टेलिमेडिसिन सेवामा दैनिक २५ जनाको हराहारीमा सेवा लिन आउने गरेका छन्। 

टेलिमेडिसिन सेवा प्रभावकारी भएपछि हाल फलेवास नगरपालिका, कुश्मा नगरपालिका, महाशिला गाउँपालिका, विहादी गाउँपालिका र छिमेकी जिल्ला बागलुङ तथा गुल्मीदेखि पनि सेवा लिन बिरामीहरु यहाँ आउने गरेका छन्।

यस केन्द्रमा टेलिमेडिसिन सेवाका अलवा हेरक वर्ष विदेशी विशेषज्ञ चिकित्सकको उपस्थितिमा निःशुल्क स्वस्थ्य शिविर पनि आयोजन गर्ने गरिएको छ भने केन्द्रले स्वास्थ्य जनचेतनाका लागि स्वस्थ्य शिक्षा अभियान पनि सञ्चालन गर्दै आएको प्रमुख गुरुङले जानकारी दिए। उक्त संस्थाको स्वस्थ्य सेवालाई थप प्रभावकारी बनाउन एम्बुलेन्स सेवासमेत सञ्चालन गरिएको केन्द्रले जनाएको छ।   रासस

प्रकाशित: Mar 04, 2022| 07:40 शुक्रबार, फागुन २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।