शुक्रबार, साउन २९, २०८३

मानबहादुर राउतको हत्याको आरोपमा दुई पक्राउ

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार बूढानीलकण्ठ नगरपालिका ४ बस्दै आएका ३२ वर्षीय मानबहादुर राउतको आफ्नै साथीबाट हत्या भएको खुल्न आएको हो।
 |  बिहीबार, फागुन १९, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १९, २०७८

काठमाडौं- काठमाडौंको बूढानीलकण्ठमा मृत फेला परेका एक व्यक्तिको हत्या भएको खुलेको छ। 

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार बूढानीलकण्ठ नगरपालिका ४ बस्दै आएका ३२ वर्षीय मानबहादुर राउतको आफ्नै साथीबाट हत्या भएको खुल्न आएको हो। 

उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। राउत यही फागुन १६ गतेदेखि हराएका थिए। उनको शव १७ गते फेला परेको थियो। घटना अनुसन्धानका लागि प्रहरीले कुकुरको समेत प्रयोग गरेको थियो।

उनको शवलाई अहिले परीक्षणका लागि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा लगिएको छ। उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सोही ठाउँ बस्ने २४ वर्षीय याकुब चौधरी र १८ वर्षीय करण पासवानलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार उनीहरुबीच पैसाको लेनदेनका विषयमा विवाद हुँदा हत्या गरेको अनुसन्धानमा खुलेको छ। उनीहरु लागुऔषध कारोबार तथा सेवनमा समेत संलग्न रहेको पाइएकाले अनुसन्धान जारी रहेको छ। 

प्रकाशित: Mar 03, 2022| 21:00 बिहीबार, फागुन १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।