शुक्रबार, साउन २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • युवा स्वरोजगार कोषद्वारा १३ वर्षको अवधिमा ११ अर्ब लगानी

युवा स्वरोजगार कोषद्वारा १३ वर्षको अवधिमा ११ अर्ब लगानी

युवा तथा साना व्यवसायी स्वरोजगार कोषले १३ वर्षको अवधिमा ११ अर्ब ९ करोड ४७ लाख ३५ हजार रुपैयाँ लगानी गरेको छ।
 |  बिहीबार, फागुन १९, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १९, २०७८

काठमाडौं- युवा तथा साना व्यवसायी स्वरोजगार कोषले १३ वर्षको अवधिमा ११ अर्ब ९ करोड ४७ लाख ३५ हजार रुपैयाँ लगानी गरेको छ।

कोषले स्थापना कालदेखि २०७८ को पौषसम्ममा कुल १३ हजार ७ सय ६५ जनालाई ११ अर्ब ९ करोड ४७ लाख ३५ हजार रुपैयाँ लगानी गरेको हो। 

शुक्रबार कोषको १३ औं वार्षिकोत्सव कार्यक्रमको अवरसमा आयोजित पत्रकार सम्मलेनमा कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारीले हालसम्म विपन्‍न वर्ग कर्जामा कुल तीन अर्ब ८२ करोड दुई लाख ८३ हजार २ सय ६६ रुपैयाँ लगानी भएको जानकारी दिए। 

उनले कोषले एक हजार ९६८ सहकारी तथा २६ बैंक तथा वित्तीय संस्थामार्फत लगानी गरी ८३  हजार ४०९ जना स्वरोजगार सिर्जना गरेको पनि जानकारी दिए। 

यस्तै ४२ हजार ५६३ जनालाई अभिमुखिकरण तालिम दिएको, पाँच हजार ८० जनालाई अनुशिक्षण तालिन दिएको पनि उनले जानकारी दिए। यसका साथै, १३ हजार ७ सय ६५ जनालाई व्याज अनुदान वितरण गरेकामा १५ करोड ३३ लाख ५ हजार ४९ रुपैयाँ व्याज अनुदान भुक्तानी भएको पनि बताए। 

नियमित रूपमा सावाँ ब्याज भुक्तानी गर्ने व्यवसायीलाई ६० प्रतिशत ब्याज अनुदान प्रदान गर्ने व्यवस्था रहेको छ। कोषका कार्यकारी निर्देशक अधिकारीले ३८ हजार १ सय ३९ जनालाई वितरण गरिएको कर्जा व्यवस्थापन शुल्कबाट एक करोड ९० लाख ६९ हजार ५ सय रुपैयाँ भुक्तानी भएको र १ हजार ६१ जनालाई ६ करोड २४ लाख ४८ हजार ५ सय ४५ रुपैयाँ बीमा क्षतीपुर्ति उपलबध्ध गराएको पनि जानकारी दिए। 

कार्यक्रममा कोषका कार्यकारी उपाध्यक्ष डा. देवराज रोका (कल्याण) ले सरकारका विभिन्‍न निकायले प्रदान गर्दै आएको यस्ता कोषलाई युवा तथा साना व्यवसायी स्वरोजगार कोषको छातामुनी राखेर कर्जा उपलब्ध गराउन आवश्यक रहेको बताएका छन्। 

उनले कोषका साथै बैंक तथा वित्तिय संस्था, सरकारका अन्य कोष, प्रदेश र स्थानीय सरकारबाट पनि स्वरोजगार क्षेत्रमा काम भए पनि कर्जा र व्याजदरको सीमामा एकरुपता नभएको बताए। उनले कर्जा र व्याजदरको सीमामा एकरुपता गर्न पनि अनुदानलाई बन्द गरेर युवा तथा साना व्यवसायी स्वरोजगार काषको माध्यमबाट यस्तो कर्जा वितरण गर्ने व्यवस्था गर्नुभपर्ने बताएका छन्। 

बेरोजगार युवाहरुलाई स्वरोजगारका अवसर सिर्जना गर्ने भन्दै २०६५ सालमा स्थापना कोषले पुँजीको अभावमा आफ्नो सिप, ज्ञान र प्रतिभा उपयोग गर्न नपाएका बेरोजगार १८ देखि ६० बर्ष उमेरका युवा तथा साना व्यवसायीहरुलाई बिनाधितो ऋण उपलब्ध गराउँदै आएको छ।


प्रकाशित: Mar 03, 2022| 20:00 बिहीबार, फागुन १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।