शुक्रबार, साउन २९, २०८३

नदीमा पुल बनेपछि स्थानीयवासी हर्षित

हुलाकी सडकअन्तर्गत सिरहा र सप्तरीलाई जोड्ने बलान नदी पुल निर्माण भएर सञ्चालनमा आएपछि आवागमनमा सहज भएसँगै स्थानीयवासीमा उत्साह बढेको हो।
 |  बिहीबार, फागुन १९, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १९, २०७८

सिरहा- लामो समयको प्रतिक्षा पश्चात पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत सिरहा र सप्तरीको सीमा जोडिएको बलान नदीमा पुल निर्माण भएपछि स्थानीयवासी हर्षित बनेका छन्।

हुलाकी सडकअन्तर्गत सिरहा र सप्तरीलाई जोड्ने बलान नदी पुल निर्माण भएर सञ्चालनमा आएपछि आवागमनमा सहज भएसँगै स्थानीयवासीमा उत्साह बढेको हो। विगत एक दशकदेखि निर्माणाधीन बलान नदीको पुल निर्माण कम्पनीको लापरबाहीका कारण अलपत्र परेको थियो। उक्त पुल निर्माण लागि दबाबका लागि पटक-पटक स्थानीयवासीले धर्ना तथा अनशनसमेत गरेका थिए।

निरन्तरको दबाब र धमाधम हुलाकी सडक कालोपत्र हुन थालेपछि निर्माण कम्पनीले पुल निर्माण अन्तिमचरणमा पुर्‍याएको सप्तरीको बलान बिहुँल गाउँपालिकाका स्थानीयवासी शिवदयाल यादवले जानकारी दिए। उनले भने, ‘अहिले बलान खोलको पुल ९५ प्रतिशत काम सम्पन्न भएकाले पुलमाथिबाट आवतजावतसमेत सुरु भइसकेको छ।’

पुल नहुदाँ वर्षौदेखि वर्षायाममा सर्वसाधारणले जोखिमपूर्णयात्रा गर्दै आएका सिरहाको भगवानपुरका सरोज साहले बताए। बाटोमा माटो ग्राभेलको काम नभएकाले सडक हिलाम्मे बन्दै गएको उनको भनाइ छ।

चार सय ७० मिटर लम्बाई पश्चिमबाट १६ स्पान र पूर्वबाट १२ स्पान रहेको नवनिर्मित बलान नदीको पुलको उद्घाट्न औपचारिक रुपमा नभए पनि निर्माण सम्पन्न भएकाले सवारीसाधन चल्न थालेका छन्। पुल निर्माणले बलान नदीको पूर्व सप्तरीको बलानबिहुँल गाउँपालिकाको चन्ही र पश्चिम सिरहाको भगवानपुर गाउँपालिकाको कल्याणपुर र भगवानपुरवासीका लागि युग नै परिवर्तन भएको स्थानीयवासीको भनाइ छ।

यस्तै पूर्व राजविराजदेखि पश्चिम बलानसम्मको सप्तरी खण्डमा करिब २० किलोमिटर सडक कालोपत्र गरिसकेको निर्माण कम्पनी रौता श्रेष्ठ दिवा जेभिका कन्ट्याक्ट म्यानेजर कमलप्रसाद यादवले जानकारी दिए। बाँकी सडकमा समेत कालोपत्र गर्ने स्तरसम्मको काम सकिसकेको र धमाधम कार्य भइरहेको कन्ट्याक्ट म्यानेजर यादवले बताए। करिब २५ किलोमिटरको सो खण्डमा अहिले ११ पुलको निर्माणकार्य अन्तिम चरणमा पुगेको उनको भनाइ छ।  रासस

प्रकाशित: Mar 03, 2022| 09:15 बिहीबार, फागुन १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।