बुधबार, असार १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • स्वतन्त्र विद्युत् उत्पादकद्वारा एमसीसीको अनुमोदनको स्वागत

स्वतन्त्र विद्युत् उत्पादकद्वारा एमसीसीको अनुमोदनको स्वागत

एक्स्पोमा जलविद्युत्का प्रवर्द्धक, उत्पादक, इब्युप्मेन्टस् सप्लायर्स, टर्बाइन उत्पादक, लगानीकर्ता, बैंक, बीमालगायत जलविद्युतमा नयाँ प्रविधि र निर्माणसँग सम्बन्धित विविध स्टल रहने छन्।
 |  बिहीबार, फागुन १९, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १९, २०७८

काठमाडौं- अमेरिकी सहायता मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) सम्झौता संसद्बाट अनुमोदन गरिनुलाई स्वतन्त्र विद्युत् उत्पादकको संस्था (इपान) ले स्वागत गर्दै यसले नेपालको विद्युत् क्षेत्रको विकासमा नयाँ आयाम थपेको बताएको छ।

National life

आगामी चैत १८ देखि २० गतेसम्म सङ्घीय राजधानीको भृकुटीमण्डपमा आयोजना गर्न लागिएको तेस्रो हिमालयन हाइड्रो एक्स्पोको बारेमा जानकारी दिन आज यहाँ आयोजना गरिएको पत्रकार सम्मेलनमा इपानका उपाध्यक्ष आशिष गर्गले भने, ‘यो सम्झौताले खासगरी प्रशारण लाइनको समस्या झेलिरहेका हामी विद्युत् उत्पादक तथा प्रवद्र्धकका लागि त झनै उत्साह थप्नुको साथै नयाँ सम्भावनाको ढोका खोलेको छ। यसले मुलुकलाई आर्थिक समृद्धितर्फ अगाडि बढाउन मद्दत पुग्नेछ।’ 

देशमा आन्तरिक विद्युत्को खपत बढाउन र विद्युत् व्यापारलाई प्रर्वद्धन गर्न आगामी चैत १८ देखि २० गतेसम्म भृकुटीमण्डपमा तेस्रो हिमालयन हाइड्रो एक्स्पोको आयोजना हुन लागेको हो। इपानको आयोजनामा हुन लागेको सो एक्स्पोमा स्वदेशी र विदेशी गरी सयवटा स्टल राखिनेछ। 

एक्स्पोमा जलविद्युत्का प्रवर्द्धक, उत्पादक, इब्युप्मेन्टस् सप्लायर्स, टर्बाइन उत्पादक, लगानीकर्ता, बैंक, बीमालगायत जलविद्युतमा नयाँ प्रविधि र निर्माणसँग सम्बन्धित विविध स्टल रहने छन्। 

एक्स्पोमा नेपाल र भारतका विज्ञहरुले विद्युत् उत्पादन, प्रसारण, प्रविधि र व्यापारसम्बन्धी चारबँुदे विषयवस्तुमा छलफल गराउनुको साथै जलविद्युतसम्बन्धी विभिन्न कार्यपत्र प्रस्तुत गरिने छ।

हाइड्रोसम्बन्धी अन्तर्राष्ट्रियस्तरको विकसित पछिल्ला नेपालको जलविद्युतको लागि बजारको प्रबद्र्धन देशभित्र विद्युत् खपत बढाउने, विद्युत् व्यापारको हाइड्रोपावरसम्बन्धी सरोकार राख्नेहरुलाई छानामुनि पारी यससम्बन्धी सीप प्रविधिको जानकारी तथा विभिन्न मुलुकसँग हाइड्रोपावर परियोजना विकासका सम्बन्धमा छलफल गर्ने उद्देश्यले एक्स्पोको आयोजना गर्न लागिएको एपानका उपाध्यक्ष आशिष गर्गले बताए।

Shivam cement

 देशमा जलविद्युत्को ठूलो सम्भावना हुँदाहुँदै पनि अपेक्षित परिणाम हासिल हुन नसकेको वर्तमान अवस्थालाई सहयोग पुर्‍याउने लक्ष्यका साथ आयोजना गरिने सो एक्स्पोमा नेपालस्थित भारतीय राजदूतावासको समन्वय तथा बेलायती राजदूताबास एवं क्यानेडियन हाइ कमिशनको साझेदारी रहेको छ। 

एक्स्पोमा नेपाल र भारतका विज्ञहरुले विद्युत् उत्पादन, प्रसारण, प्रविधि र व्यापारसम्बन्धी चारबँुदे विषयवस्तुमा छलफल गराउनुको साथै जलविद्युतसम्बन्धी विभिन्न कार्यपत्र प्रस्तुत गरिने छ।

‘भारतीय राजदूतावासको समन्वयमा एक्स्पो आयोजना हुँदा भारतका ऊर्जासम्बद्ध व्यक्ति तथा संस्थाका पारस्परिक सहयोग सहकार्यमासमेत सहजता आउने हामीले विश्वास गरेका छौँ’, उनले भने, ‘यसबाट नेपालको जलविद्युत्को बजार र व्यापार विस्तारका साथै भारतीय लगानीमा सहकार्यको थप अवसर हुनेछ।’

उनले जलविद्युत् लगानीकर्ता, उत्पादक, इञ्जिनीयरलगायत यस क्षेत्रमा चासो दिने सबैका लागि यो एक्स्पो जानकारीको केन्द्र बन्ने र यसले राष्ट्रको ऊर्जा विकासमा महत्वपूर्ण सहयोग पुर्‍याउने उनको भनाइ छ। 

स्वच्छ ऊर्जाको प्रर्वद्धनमा सहयोग पुर्‍याउन नेपालमा विद्युतीय सवारीसाधनको प्रयोगमा अभिवृद्धि गर्ने हेतुले सोको प्रतिकस्वरूप नेपालको पहिलो फर्पिङ जलविद्युत् आयोजनामा एक्स्पो आयोजनास्थल भुकुटीमण्डपबाट विद्युतीय गाडीको र्‍याली गरिने र सो अवसरमा विद्युतीय चार्जिङ स्टेशनकोसमेत उद्घाटन गरिने कार्यक्रम रहेको जानकारी दिइयो। एक्स्पोमा विद्युतीय चुलोको प्रयोग बढाउन विभिन्न ब्राण्डका चुलोको प्रर्दशनी पनि गरिने छ। 

यसअघि सन् २०१८ र सन् २०१९ मा प्रथम र दोस्रो हिमालयन हाइड्रो एक्स्पोको आयोजना गरिँदा मुलुकमा विद्युत् अभावका कारण विद्युत् कटौतीको अवस्था रहेको थियो भने दुई वर्ष कोरोना महामारीका कारण स्थगित भई यसपटक तेस्रो एक्स्पो आयोजना गर्दा विद्युत्को अधिकतम खपत र विदेशमा निर्यातको सम्भावनाको खोजीमा जोड दिन लागिएको उपाध्यक्ष गर्गले बताए।   रासस

प्रकाशित: Mar 03, 2022| 09:04 बिहीबार, फागुन १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।