बुधबार, चैत ४, २०८२

टेस्टट्युब बेबी सेन्टरलाई दर्ता प्रक्रियामा आउन स्वास्थ्य मन्त्रालयको निर्देशन

साथै अनुमति लिई सञ्चालनमा रहेका सेन्टरहरुले पनि मन्त्रालयमा निवेदनसहित जानकारी गराउन आग्रह गरेको छ। मन्त्रालयले एक सुचना जारी गर्दै तोकिएको समयभित्र दर्ता प्रक्रियामा नआए कानुन बमोजिम कारबाही गरिने जनाएको छ।
 |  बिहीबार, फागुन १९, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १९, २०७८

National life
Laxmi sunrise bank
kumari

काठमाडौं-  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गैरकानुनी रुपमा सञ्चालन भएका टेस्टट्युब बेबी सेन्टरलाई दर्ता प्रकृयामा आउन निर्देशन दिएको छ। मन्त्रालयले अनुमति नलिई सञ्चालनमा रहेका टेस्टट्युब बेबी सेन्टरहरुलाई १५ दिनभित्र दर्ता प्रकृयामा आउन निर्देशन दिएको हो।

साथै अनुमति लिई सञ्चालनमा रहेका सेन्टरहरुले पनि मन्त्रालयमा निवेदनसहित जानकारी गराउन आग्रह गरेको छ। मन्त्रालयले एक सुचना जारी गर्दै तोकिएको समयभित्र दर्ता प्रक्रियामा नआए कानुन बमोजिम कारबाही गरिने जनाएको छ।

जनस्वास्थ्य सेवा नियमावली २०७७ को नियम १२ बमोजिम निजी, गैरसरकारी वा गैर नाफामुलक सामुदायिक स्वास्थ्य संस्था सञ्चालनका लागि नियमावलीको अनुसूची ९ अनुसार स्वास्थ्य संस्थाले इजाजतपत्र लिनुपर्ने कानुनी व्यवस्था भएको मन्त्रालयको सुचनामा उल्लेख छ।

प्रकाशित: Mar 03, 2022| 08:33 बिहीबार, फागुन १९, २०७८
प्रतिक्रिया दिनुहोस्