बुधबार, असार १०, २०८३

नेपालका लागि मोरिससका राजदूतलाई सम्मान

कार्यक्रममा नेपालका लागि मोरिससका महावाणिज्यदूत गणेश कार्की, काउन्सिलका अध्यक्ष बटु लामिछानेलगायतले राजदूत हनुमानजीलाई नेपाली सामानका उपहारसहित सम्मान गरेका थिए।
 |  बिहीबार, फागुन १९, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १९, २०७८

काठमाडौं- नेपालका लागि मोरिससका नवनियुक्त राजदूत शान्ति वाइ हनुमानजीलाई नेपाल-मोरिसस विजनेस काउन्सिलले सम्मान गरेको छ। 

National life

सम्मान गर्न बुधबार आयोजित कार्यक्रममा पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले हनुमानजीको कार्यकालमा दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गरेकी थिइन्। कार्यक्रममा नेपालका लागि मोरिससका महावाणिज्यदूत गणेश कार्की, काउन्सिलका अध्यक्ष बटु लामिछानेलगायतले राजदूत हनुमानजीलाई नेपाली सामानका उपहारसहित सम्मान गरेका थिए।

छ सदस्यीय प्रमण्डलको नेतृत्व गर्दै छ दिने भ्रमणका लागि गत शुक्रबार काठमाडौं आएकी राजदूत हनुमानजीले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुका साथै शिष्टाचार भेट गरेकी थिइन्। 

सो अवसरमा राजदूत हनुमानजीले मोरिससमा नेपालीका लागि व्यापारिक र सांस्कृतिक आदान प्रदानका अवसरबारे उल्लेख गर्दै आगामी दिनमा दुई देशबीचको सम्बन्ध अझ प्रगाढ गराउन आफूले भूमिका निर्वाह गर्ने बताइन्। उनले दुई देशबीचको व्यापारिक सम्बन्ध वृद्धि र पर्यटन प्रर्वद्धन अवसरका रुपमा यसलाई लिनुपर्ने बताइन्। भारतको नयाँ दिल्लीस्थित आवासीय राजदूत हनुमानजीले भ्रमणका अवसरमा परराष्ट्रमन्त्री डा. नारायण खड्का, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग अलगअलग भेटवार्ता गरेकी थिइन्।

भ्रमण टोलीले महाशिवरात्रिका अवसरमा पशुपतिनाथको दर्शन गरेको थियो भने त्यसअघि पोखरा र अन्नपूर्ण हिमालको दृष्यावलोकन गरेको थियो।

Shivam cement

प्रकाशित: Mar 03, 2022| 06:50 बिहीबार, फागुन १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।