बुधबार, असोज १४, २०८३

आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ ८३ पैसा र बिक्री दर १२१ रुपैयाँ ४३ पैसा कायम गरेको छ।
 |  बिहीबार, फागुन १९, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १९, २०७८

काठमाडौं- नेपाल राष्ट्र बैंकले बिहीबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ ८३ पैसा र बिक्री दर १२१ रुपैयाँ ४३ पैसा कायम गरेको छ। 

युरो एकको खरिद दर १३३ रुपैयाँ ९२ पैसा र बिक्री दर १३४ रुपैयाँ ५८ पैसा  कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १६० रुपैयाँ ८४ पैसा र बिक्री दर १६१ रुपैयाँ ६४ पैसा छ। यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १३१ रुपैयाँ ६४ पैसा र बिक्री दर १३२ रुपैयाँ २९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अस्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ७० पैसा र बिक्री दर ८८ रुपैयाँ १३ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ ०२ पैसा रहेको छ भने बिक्री दर ९५ रुपैयाँ ४९ पैसा छ। 

जापानी येन १० को खरिद दर १० रुपैयाँ ४९ पैसा र बिक्री दर १० रुपैयाँ ५४ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ १३ पैसा र बिक्री दर १९ रुपैयाँ २३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपैयाँ २१ पैसा र बिक्री दर ३२ रुपैयाँ ३७ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ १९ पैसा र बिक्री दर ३३ रुपैयाँ ३५ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ। 

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ८० पैसा छ भने बिक्री दर २८ रुपैयाँ ९४ पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर १० रुपैयाँ ०१ पैसा र बिक्री दर १० रुपैयाँ ०६ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।   -यस्तो छ आजको विनिमय दर

प्रकाशित: Mar 03, 2022| 06:28 बिहीबार, फागुन १९, २०७८
प्रतिक्रिया दिनुहोस्