शुक्रबार, साउन २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अमेरिकाको म्युजियममा भेटिएको पुरातात्विक महत्वका सम्पदाहरु नेपाल फिर्ता

अमेरिकाको म्युजियममा भेटिएको पुरातात्विक महत्वका सम्पदाहरु नेपाल फिर्ता

चोरी भएर विभिन्‍न मुलुक हुँदै अमेरिकाको म्युजियमहरुमा पुगेको तीन वटा पुरातात्विक महत्वको सांस्कृतिक सम्पदाहरु नेपाल फिर्ता गरिएका छन्।
 |  बुधबार, फागुन १८, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १८, २०७८

काठमाडौं- चोरी भएर विभिन्‍न मुलुक हुँदै अमेरिकाको म्युजियमहरुमा पुगेको तीन वटा पुरातात्विक महत्वको सांस्कृतिक सम्पदाहरु नेपाल फिर्ता गरिएका छन्।

अमेरिकाको न्यूयोर्कस्थित रुविन म्युजिमय अफ आर्टका कार्यकारी निर्देशक डा. जोरिट बिट्सचेगीले बुधबार चोरी निकास भई आफ्नो म्युजियममा पुगेको १७ औं शताब्दीको काठको कलात्मक तोरण, १४ औं शताब्दी कालका उडिरहेको गन्धर्वको आकृति कुँदिएको काष्ठकला र १३ औं शताब्दीको मल्लकालिन ध्यानमुद्रामा रहेको प्रस्तरको बुद्धको मूर्ति काठमाडौं ल्याई पुरातत्व विभागलाई हस्तान्तरण गरेका हुन्। 

२२ हजार अमेरिकी डलर बराबरको पुरातात्विक महत्वको सांस्कृतिक सम्पदा फिर्ता भएको विभागका महानिर्देशक दामोदर गौतमले जानकारी दिए। उनले सो मूर्ति राष्ट्रिय संग्राहलयमा तत्कालका लागि राख्‍ने र पछि हराएको ठाउँमा नै सुरक्षित ढंगले प्रतिस्थापन गर्ने जानकारी दिए। 

त्यस अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले चोरी भएको नेपालको पूरातात्विक महत्वको ती सम्पदाहरु आफैंले ढुवानीसहित व्यहोरेर नेपाल फिर्ता गरेको भन्दै रुविन म्युजियम अफ आर्ट र सो खोजी कार्यमा संलग्न परराष्ट्र मन्त्रालय, अमेरिकास्थित नेपालको महावाणिज्य दूतावास, पूरातत्व विभागप्रति आभार व्यक्त गरे। उनले लन्डन, पेरिसलगायतका विभिन्‍न मुलुकमा नेपालबाट चोरी निकासी भएका सांस्कृतिक सम्पदाहरु अझै रहेको र त्यसलाई फिर्ता गर्नका लागि सम्बन्धित निकाय र सञ्‍चारकर्मीहरुले पुनः सहयोग गर्ने विश्वास व्यक्त गरे।

पुरातत्व विभागका अनुसार नेपालबाट गैरकानुनी ढंगले चोरी भई विभिन्न मुलुकमा निकासी भएका पुरातात्विक महत्वका सम्पदाहरु ७६ वटा फिर्ता भइसकेका छन।  

प्रकाशित: Mar 02, 2022| 20:10 बुधबार, फागुन १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।