बुधबार, असोज १४, २०८३

रोकिएन नेप्सेको ओरालो यात्रा

पछिल्ला केही दिनयता निरन्तर गिरावट आएको नेप्से परिसूचक आज बुधबार पनि उच्च अंकले घटेको छ।
 |  बुधबार, फागुन १८, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १८, २०७८

काठमाडौं– पछिल्ला केही दिनयता निरन्तर गिरावट आएको नेप्से परिसूचक आज बुधबार पनि उच्च अंकले घटेको छ। नेप्से परिसूचक ६३.९८ अंक घटेर २५४६.६० विन्दुमा अडेको छ। 

बुधबार कारोबारमा आएका २२८ कम्पनीको ७६ लाख ५२ हजार कित्ता सेयर ३ अर्ब ६२ करोड ११ लाख रुपैयाँमा खरिदबिक्री भएको छ। कारोबारमा आएका २२८ कम्पनीमध्ये बुधबार २१२ कम्पनीको सेयर मूल्य घटेको छ भने ६ कम्पनीको मात्र बढेको छ। बाँकी कम्पनीको मूल्य स्थिर रह्यो। 

आज नेप्सेका १३ वटै उपसमूहको परिसूचक राताम्मे भएका छन्। वित्त उपसमूहको परिसूचक सबैभन्दा बढी ३.६५ प्रतिशत घटेको छ। विकास बैंक, लगानी, जीवन बिमा, उत्पादन तथा प्रशोधन, जलविद्युत उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ। लघुवित्त, निर्जीवन बिमा, अन्य र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ।

रिलायन्स लाइफ इन्स्योरेन्स, सिभिल बैंक र स्वाभिमान लघुवित्तको सेयर मूल्य भने बढेको छ। कारोबार रकमका आधारमा आज १६ करोडभन्दा बढीको सेयर कारोबार गरेर नेपाल लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। त्यसैगरी नेपाल टेलिकमको १४ करोडभन्दा बढीको सेयर खरिदबिक्री भएको छ।्

हिजो मंगलबार सार्वजनिक बिदा भएकाले सेयर कारोबार भएन भने अस्ति सोमबार नेप्से ४३.१२ अंकले घटेको थियो।

प्रकाशित: Mar 02, 2022| 16:25 बुधबार, फागुन १८, २०७८
प्रतिक्रिया दिनुहोस्