काठमाडौं– अक्सर भारतीय फिल्म निर्माताहरु आफ्नो फिल्मलाई इद, दिपावली तथा नयाँ वर्षजस्ता चाड पारेर प्रदर्शनमा ल्याउँछन्। तर, यसपालि ठूलो बजेटमा बनेका फिल्म यी कुनै अवसर नपारी मार्चमै प्रदर्शनमा आउँदैछन्।
फिल्म चल्ने महिना होइन मार्च। भारतमा यो महिना प्रायः परीक्षा हुने भएकाले धेरै विद्यार्थी पढाइतिर ध्यान दिन्छन् र अभिभावक पनि बच्चालाई बढी नै समय दिन्छन्। त्यसो हुँदा ठूला ब्यानरमा बनेका बलिउड फिल्म मार्चमा प्रदर्शन गर्न निर्माताहरु डराउँथे।
तर, यसपालि त्यस्तो भएन। लामो समय कोरोना महामारीका कारण विश्व सिनेमा उद्योग थला पर्यो। कैयौं फिल्म ओटीटीबाट प्रदर्शनमा आए। तर हलमा सिनेमा लाग्नुको मजा भने छुट्टै छ। केही महिना यताबाट कोरोना संक्रमित संख्या घट्दै गएका कारण विश्व सिनेमा उद्योग बौरिने तरखरमा छ। बलिउड फिल्म उद्योगले पनि तिव्रताका साथ रोकिएका फिल्म प्रदर्शनमा ल्याउन थालेको हो। यो मार्च महिनामा मात्रै एक दर्जनभन्दा बढी सिनेमा प्रदर्शनमा आउँदैछन्।
आउँदो शुक्रबार सिनेमा घरमा पाँच फिल्म प्रदर्शन गर्ने घोषणा नै भइसक्यो– ‘झुण्ड’, ‘तुलसीदास जुनियर’, ‘वान स्टोरी मेनी एन्ड्स’, ‘भीमला नायक (हिन्दी डब)’ र ‘द बैटमैन (हिन्दी डब)’। हिन्दी फिल्म र दक्षिण भारतका केही फिल्मसँग प्रतिस्पर्धा जस्तो पनि देखिन्छ। नागराज पोपात्रोद्वारा निर्देशित झुण्डमा अमिताभ बच्चनको मुख्य भूमिका रहेको छ। झुण्ड फिल्मबाट दर्शक उत्साहित पनि छन्।
यस्तो अवस्थामा मृदुलले लेखन–निर्देशन रहेको फिल्म ‘तुलसीदास जुनियर’ र हरर जनरामा बनेको फिल्म ‘वान स्टोरी मेनी एन्ड्स’ लाई दर्शकको माया कस्तो रहन्छ, त्यो त फिल्म चलेपछि नै थाहा होला। चार मार्चमै रिलिज हुने दक्षिण भारतमा पवन कल्याण र राणा दग्गुबती अभिनित फिल्म भीमला नायक चल्ने छ। हलिउड फिल्म ‘द बैटमैन’ले पनि दर्शक पक्कै बटुल्ने छ।
बाहुबाली स्टार प्रभास अभिनित फिल्म ‘राधे श्याम’ ११ मार्चमा प्रदर्शनमा आउँदैछ। पूजा हड्के र प्रभासको मुख्य भूमिका रहेको यो फिल्म प्रेमकथामा आधारित छ। लभस्टोरी फिल्म मन पराउनेका लागि राधेश्याम रोजाइमा पर्नेछ। यो फिल्मको चर्चा भव्य नभए पनि दक्षिण भारतका सुपरस्टार प्रभासको क्रेजले पनि फिल्म हलसम्म दर्शक नपुगी रहँदैनन्। यो फिल्मले दर्शकको मन जित्नेमा फिल्म मेकर विश्वस्त छन्।
आउँदो शुक्रबार सिनेमा घरमा पाँच फिल्म प्रदर्शन गर्ने घोषणा नै भइसक्यो– ‘झुण्ड’, ‘तुलसीदास जुनियर’, ‘वान स्टोरी मेनी एन्ड्स’, ‘भीमला नायक (हिन्दी डब)’ र ‘द बैटमैन (हिन्दी डब)’।
यसैगरी ११ मार्चमै निर्देशक तथा लेखक विवेक रन्जन अग्निहोत्रीको ‘द कश्मीर फाइल्स’, र निर्देशक तथा लेखक डा. जेएस रन्धवाको ‘१० नहीँ ४०’ नामक फिल्म पनि प्रदर्शनमा आउँदैछ।
उता, होलीको अवसर पारेर अक्षय कुमारको मुख्य भूमिको रहेको फिल्म ‘बच्चन पाण्डे’ प्रदर्शनमा आउँदैछ। हालै रिलिज भएको ट्रेलरले दर्शकको मन जितिसकेको छ। अत्यधिक मनोरञ्जन रहेको यो फिल्मले बक्स अफिसमा कमाल गर्ने अपेक्षा गरिएको छ। यो फिल्म भने १८ मार्चमा सोलो प्रदर्शनमा आउँदैछ। अरसद वारसी र कृति सेननलाई पनि यस फिल्ममा देख्न सकिन्छ।
कोभिडका कारण ‘आरआरआर’ले आफ्नो प्रदर्शन मिति सारेको थियो। जनवरी ७ मा रिलिज हुने भनिएको आरआरआर २५ मार्चमा रिलिज हुँदैछ। ठूलो बजेटको आरआरआर बाहुबालीका निर्देशक एसएस राजामौलीले निर्देशन गरेका हुन्।
उनले आरआरआरलाई विश्वाव्यापी रूपमा एकसाथ रिलिज गर्दैछन्। राजामौलीका नामले पनि यो फिल्मले बक्स अफिसमा धमाल मचाउने अपेक्षा गरिएको छ। फिल्ममा दक्षिण भारतका सुपरस्टार जुनियर एनटीआर, रामचरण, आलिया भट्ट र अजय देवगन मुख्य भूमिकामा छन्।