शुक्रबार, साउन २९, २०८३

संसद् भवनअगाडि कुकर राख्ने समातिए

सोमबार नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि शंकास्पद वस्तु राखेर मानिसलाई आतंकित बनाएको अभियोगमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।
 |  बुधबार, फागुन १८, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १८, २०७८

काठमाडौं– सोमबार नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि शंकास्पद वस्तु राखेर मानिसलाई आतंकित बनाएको अभियोगमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।

महानगरीय अपराध महाशाखाको टोलीले काभ्रेको भुम्ली गाउँपालिका वडा नम्बर २ सिमथली घर  भएका २१ वर्षीय सुवास महतलाई नियन्त्रणमा लिएको हो।

अनुसन्धानको क्रममा उनी अनेरास्ववियु क्रान्तिकारीका पशुपति बहुमुखी क्याम्पस कमिटी अध्यक्ष भएको खुलेको छ। प्रहरीले घटनामा प्रयोग भएको बाप्र ०२ ०३० प ७०८५ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ।

सोमबार संसद् भवनमा एमसीसीबारे छलफल भइरहेको बेला नयाँ बानेश्वरको बीच सडकमा नो एमसीसी लेखिएको कुकर भेटिएको थियो।

प्रकाशित: Mar 02, 2022| 14:07 बुधबार, फागुन १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।