बुधबार, असार १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • स्याङ्जाका दुई पालिकाका किसानलाई ३५ हजार माछाका भुरा वितरण

स्याङ्जाका दुई पालिकाका किसानलाई ३५ हजार माछाका भुरा वितरण

स्याङ्जाको वालिङ र पुतलीबजार नगरपालिकाका किसानलाई माछाका भुरा वितरण गरिएको हो।
 |  बुधबार, फागुन १८, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १८, २०७८

स्याङ्जा- मत्स्य विकास केन्द्र मिर्मीले स्याङ्जाका २ पालिकाका किसानलाई ३५ हजार माछाका भुरा वितरण गरेको छ। स्याङ्जाको वालिङ र पुतलीबजार नगरपालिकाका किसानलाई माछाका भुरा वितरण गरिएको हो। 

National life

किसानको मागका आधारमा माछाका भुरा वितरण गरिएको केन्द्रका प्रमुख रविनसन अधिकारीले जानकारी दिए। गण्डकी प्रदेशका ११ वटै जिल्ला कार्यक्षेत्र रहेको केन्द्रले पहिलो चरणमा स्याङ्जामा भुरा वितरण गरेको हो। उनले भने, ‘केन्द्रको स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत भुरा उपलब्ध गराएका हौं।’ 

वालिङ नगरपालिकामा १९ माछापालक फार्मका किसानलाई १६ हजार माछाका भुरा वितरण गरिएको पशु शाखा वालिङका प्रमुख डा. वसन्त अधिकारीले बताए। पोखरीको क्षमता हेरेर विभिन्न जातका माछाका भुरा उपलब्ध गराएको उनको भनाइ छ। ‘यसले व्यावसायिक उत्पादनमा जोड दिँदै माछामा आत्मनिर्भर बनाउने अभियानमा सहयोग पुग्ने छ,’ उनले भने।

केन्द्रले बिग हेड कार्प, सिल्भर कार्प, रोहु, नैनी जातका माछाका भुरा वितरण गरेको हो। माछापालन पछिल्लो समय व्यावसायिकरूपमा अगाडि बढेको वालिङ नगर उपप्रमुख कल्पना तिवारीले बताइन्। ‘माछापालनतर्फ किसानको आकर्षण बढ्दै गएको छ, वालिङमा आवश्यक पर्ने माछा यहीँ उत्पादन गर्न सकिन्छ,’ उनले भनिन्।

व्यावसायिक उत्पादनका लागि नगरपालिकाले स्थानीय किसानलाई अनुदान तथा प्राविधिक सहयोग उपलब्ध गराउनुका साथै उत्पादित वस्तुको बजारीकरणका लागि पनि आवश्यक सहयोग गर्दै आएको छ।   रासस

Shivam cement


प्रकाशित: Mar 02, 2022| 13:00 बुधबार, फागुन १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।