बुधबार, चैत ४, २०८२

मोरङमा फागुन २८ देखि हात्तीपाइले विरुद्धको औषधि खुवाइँदै

मोरङमा यसबर्ष ९० प्रतिशत जनसंख्यालाई हात्तिपाइलेविरुद्धको औषधि खुवाउने लक्ष रहेको स्वास्थ्य कार्यालय मोरङले जनाएको छ।
 |  बुधबार, फागुन १८, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १८, २०७८

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- मोरङमा फागुन २८ गतेबाट ११औं चरणको हात्तीपाइले विरुद्धको औषधि खुवाइने भएको छ। मोरङमा यसबर्ष ९० प्रतिशत जनसंख्यालाई हात्तिपाइलेविरुद्धको औषधि खुवाउने लक्ष रहेको स्वास्थ्य कार्यालय मोरङले जनाएको छ। 

गत बर्ष ८३ प्रतिशतलाई मात्रै खुवाइएको थियो। तालिम प्राप्त स्वास्थ्यकर्मीहरुबाट हात्ती पाइले रोगका औषधि आईभरमेक्टिन, डिईसी र अल्वेन्डाजोल खुवाउने तयारी भएको कार्यालयका प्रमुख डा. सुरेश मेहताले बताए।

हात्ती पाइले रोगको औषधि दुई वर्ष उमेर नपुगेका बालबालिका, गर्भवती र सात दिनसम्मका सुत्केरी, सिकिस्त बिरामी र छारे रोग भएका बिरामी बाहेक अनयलाई खुवाइने कार्यालयले जनाएको छ। मोरङको सुनवर्षी नगरपालिकामा ३ सय ५ जनाको परीक्षणगर्दा २४ जनामा हात्ती पाइले रोगको लक्षण देखिएको थियो।

प्रकाशित: Mar 02, 2022| 12:44 बुधबार, फागुन १८, २०७८
प्रतिक्रिया दिनुहोस्