सुनसरी- सुनसरीको गढी गाउँपालिका-६ मझौस्थित रामजानकी मन्दिरको प्राङ्गणमा ट्रयाक्टरको ठक्करबाट मंगलवार राति एक वृद्धको मृत्यु भएको छ।
ठक्करबाट स्थानीय ७० वर्षीय हरिलाल मगरदैता यादवको मृत्यु भएको हो। प्र१-०२-००३त १०३३ नम्बरको ट्रयाक्टरले यादवलाई ठक्कर दिँदा गम्भीर घाइते भएका थिए।
गम्भीर घाइते उनको उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।