काठमाडौं- सुनको भाउ बुधबार एकैदिन १९ सय रुपैयाँले बढेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १९ सय रुपैयाँले बढेर ९९ हजार ५०० रुपैयाँ कायम भएको छ। यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९९ हजार रुपैयाँ निर्धारण भएको छ।
यसअघि, मंगलबार छापावाल सुन तोलाको ९७ हजार ६०० रुपैयाँ र तेजावी सुन ९७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। यता, चाँदीको भाउमा पनि उच्च वृद्धि भएको छ। बुधबार चाँदी प्रतितोला ४० रुपैयाँले बढेरर १३ सय ७५ रुपैयाँ कायम भएको छ।