बुधबार, असार १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जलवायु परिवर्तनका असरबारे ध्यानाकर्षण गराउन महिला टोली कालापत्थरतर्फ

जलवायु परिवर्तनका असरबारे ध्यानाकर्षण गराउन महिला टोली कालापत्थरतर्फ

मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा कालापत्थरमा विशेष कार्यक्रम गर्ने गरी विभिन्न क्षेत्रका ४० महिला पदयात्रामा निस्किएका हुन्।
 |  बुधबार, फागुन १८, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १८, २०७८

काठमाडौं- जलवायु परिवर्तनका असरबारे ध्यानाकर्षण गराउन काठमाडौंदेखि विश्वको अग्लो हिमाल सगरमाथाको आधारशिविर कालापत्थरसम्म पदयात्रामा निस्किएको महिला टोली नाम्चे पुगेको छ।  मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा कालापत्थरमा विशेष कार्यक्रम गर्ने गरी विभिन्न क्षेत्रका ४० महिला पदयात्रामा निस्किएका हुन्।

National life

'वुमन युनाइटेड फर क्लाइमेट जस्टिस' नाराका साथ विभिन्न क्षेत्रका महिलाले संयुक्तरूपमा पदयात्रा गरी कालापत्थरमा पुगेर विशेष कार्यक्रम गर्ने आयोजक संस्था 'साथसाथै'का अध्यक्ष प्रजिता कार्कीले बताएका छन्। उनले विश्व तापमानमा भएको वृद्धिले हिमालमा हिउँ पग्लिने क्रम बढेको, पानीको मुहान सुक्नेलगायतको कार्य भइरहेको र यसको प्रत्यक्ष असर महिलामा परिरहेको विषयमा जानकारी गराउन मद्दत पुग्ने विश्वास व्यक्त गरे।

कालपत्थरमा पुगेर जलवायु परिवर्तनले विशेषगरी महिला जनजीवनमा पारेको प्रभाव र त्यसमा न्याय खोज्नका लागि गर्नुपर्ने पहलका बारेमा बहस गर्ने र यसबारेमा गर्नुपर्ने काम तथा सुझावसमेत समेटिएको महिला घोषणापत्र जारी गर्ने अध्यक्ष कार्कीले बताए। ‘अभियानमा सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लसहित, डाक्टर, पत्रकार, इन्जिनियरलगायतको क्षेत्रमा काम गर्ने महिलाको सहभागिता रहेको छ’, अध्यक्ष कार्कीले भने, ‘सबैक्षेत्रका विशेष महिलाको सहभागिता रहेकाले यो नयाँ कार्यक्रमबाट हाम्रो उद्देश्य पूरा हुनेमा विश्वस्त छौँ।’

सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तेञ्जिङ हिलारी विमानस्थल लुक्ला आएको टोली फाग्दिङमा बसेको थियो। यस्तै दोस्रो दिनअर्थात् आज नाम्चेमा बसेको टाली तेस्रो दिनअर्थात् बुधबार पनि नाम्चेमा नै बस्ने बताइएको छ। अन्तर्राष्ट्रिय नारी दिवसको दिन मार्च ८ तारिखको बिहान ७: १५ बजे विशेष व्यक्तिको उपस्थितिमा कालापत्थरमा कार्यक्रम गरी घोषणापत्र जारी गर्दै टोली फर्केने अध्यक्ष कार्कीले बताए।

उनले सन् २०२२ मा 'साथसाथा'को यो अभियान सातै प्रदेशमा पुर्‍याउने लक्ष्य रहेको जानकारी गराए। पदयात्राअघि 'साथसाथै'ले अन्नपूर्ण आधार शिविर र मार्दी हिमाल क्षेत्रमा पदयात्रा सम्पन्न गरिसकेको जनाएको छ।

Shivam cement

सबैको साथ सकारात्मक छ

अभियानमा निस्कँदै गर्दा विभिन्न सङ्घसंस्थादेखि अन्य व्यक्तिले समेत सकारात्मकरूपमा सहयोग गरेको आयोजक संस्थाले जनाएको छ। ‘अभियानका क्रममा देखिएको चुनौतीमध्ये आर्थिक व्यवस्थापन पनि हो’, अध्यक्ष कार्कीले भने, ‘हाम्रो संस्थासँग अर्थ छैन, सबैले सहयोग गरिरहनुभएको छ, सहयोग आउने क्रम जारी छ, हामीलाई प्रेरणा मिलेको छ।’

अभियनका क्रममा अन्य व्यवस्थापनको जिम्मेवारी भने एलिट एक्सपिडिसनले लिएको छ। यस्तै अभियानका क्रममा हुनसक्ने सुरक्षा चुनौतीलाई ध्यानमा राखेर काम गरेको सोलुखुम्बुका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक कविता कटवालले जानकारी दिइन्। ‘कार्यक्रम राम्रो छ, त्यसमाथि पनि जुनसुकै समयको सुरक्षा व्यवस्थापन हाम्रो पहिलो कार्य हो’, प्रनाउ कटवालले भने, ‘हामी सबैले सहयोग गर्नुपर्छ, यो अभियानले दिने सन्देश विश्वका लागि सकारात्मक हुनेछ।’

यो अभियानले जलवायु परिवर्तन र महिलाको मुद्दा मात्रै उजागर नगरी आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने अध्यक्ष कार्कीको भनाइ छ। परम्परागतभन्दा नौलो र उदाहरणीय कार्यक्रमबाट महिलाले देश र समाजका साथै जलवायु परिवर्तनका मुद्दामा पनि काम गर्न सक्छन् भन्ने कुरालाई स्थापित गर्ने सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लले बताइन्।

प्रकाशित: Mar 02, 2022| 09:23 बुधबार, फागुन १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।