बुधबार, असार १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • शिवरात्रिमा १० लाख पशुपति पुगे, पुलको पर्खाल भत्किँदा दुईजना घाइते

शिवरात्रिमा १० लाख पशुपति पुगे, पुलको पर्खाल भत्किँदा दुईजना घाइते

यस वर्षको शिवरात्रिमा करिब १० लाख मानिस पशुपति क्षेत्र पुगेको अनुमान पशुपति क्षेत्र विकास कोषले जनाएको छ।
 |  बुधबार, फागुन १८, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १८, २०७८

काठमाडौं- यस वर्षको शिवरात्रिमा करिब १० लाख मानिस पशुपति क्षेत्र पुगेको अनुमान पशुपति क्षेत्र विकास कोषले जनाएको छ। अघिल्ला दुई वर्षको शिवरात्रिमा कोरोना महामारीका कारण पशुपतिनाथ मन्दिर नै बन्द थियो।

National life

यस वर्ष भने महामारीको जोखिम कम भएपछि हालैमात्र मन्दिर खुलेको हो। कोषले यस वर्षको शिवरात्रिमा भक्तजनको ओइरो लाग्ने अनुमान गरेर त्यसैअनुसार तयारी गरेको थियो।

दर्शनार्थीको सुरक्षाका लागि पशुपति क्षेत्रमा करिब १० हजार सुरक्षाकर्मी परिचालन गरिएको थियो। पाँच हजार नेपाल प्रहरी, तीन हजार ५ सय सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेनाका समेत गरेर सो संख्यामा सुरक्षाकर्मी पशुपति क्षेत्रमा परिचालन गरिएको हो।

शिवरात्रिमा भक्तजनले शिवजीको प्रसाद भन्दै गाँजा, भाङ, चरेसको सेवन गर्ने गरेका कारण त्यसलाई रोक्न पनि प्रहरीको समूह खटिएको थियो। यस पटक त्यस्ता गतिविधि नभई महाशिवरात्री शान्त तवरले सम्पन्न भएको प्रहरीले बताएको छ।

यसैबीच, दर्शनार्थीको चाप बढेर मंगलबार राति आर्यघाट छेउको पुलको पर्खाल भत्किएको छ। दक्षिणतर्फ रहेको पुलको उत्तरतिरको भाग भत्किँदा दुई जना घाइते भएका छन्। पानीमा खसेकाहरुको तत्काल प्रहरीले उद्धार गरेको थियो। सो पुल जीर्ण थियो र प्रहरीले त्यता नजान सचेत पनि गराइरहेको थियो।

Shivam cement

प्रकाशित: Mar 02, 2022| 07:41 बुधबार, फागुन १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।