बुधबार, चैत ४, २०८२

शंख बजाउँदा के-कस्ता फाइदा हुन्छन्?

यसलाई माता लक्ष्मी र भगवान विष्णुले आफ्नो हातमा धारण गरेको देखाइन्छ। शंख बजाउँदा वायुमा रहेको बिकार हट्ने विश्वास गरिन्छ। यसले धर्तीलाई जागृत गराउँछ।
 |  बुधबार, फागुन १८, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १८, २०७८

काठमाडौं- कुनै धार्मिक समारोह होस् अथवा दैनिक पूजापाठ गर्दा शंख बजाइन्छ। धार्मिक विश्वास अनुसार समुन्द्र मन्थनबाट प्राप्त भएको चौदह रत्नमा एक रत्‍न हो, शंख। हिन्दु धर्ममा शंखको खास महत्व छ। यसलाई माता लक्ष्मी र भगवान विष्णुले आफ्नो हातमा धारण गरेको देखाइन्छ। शंख बजाउँदा वायुमा रहेको बिकार हट्ने विश्वास गरिन्छ। यसले धर्तीलाई जागृत गराउँछ।

National life

शंख मूख्यतः तीन प्रकारको हुन्छ, दक्षिणावर्ती, मध्यावर्ती र वामावर्ती। यसमध्ये मध्यावर्ती शंख एकदमै दुर्लभ हुन्छ। शंख राख्नु, बजाउनु र यसमा पानी राखेर उचित ढंगले प्रयोग गर्नुको खास फाइदा छ।

१. शंखको धार्मिक महत्व छ। समुन्द्रबाट उत्पति भएको शंख घरमा राख्नु वा बजाउनुलाई शुभ मानिन्छ।

२. वैज्ञानिक हिसाबले पनि यसको महत्व छ। शंख बजाउँदा पैदा हुने आवाजले वातावरणमा रहेको कति हानिकारक जीवाणु नष्ट हुन्छ।

३. शंख बजाउँदा फोक्सोको व्यायाम हुन्छ। दमका रोगीलाई बेलुन फुक्न लगाएर जुन किसिमको उपचार विधी अपनाइन्छ, त्यसैगरी शंख फुकेर पनि श्वासप्रश्वास क्रियालाई चुस्त राख्न सकिन्छ।

Laxmi sunrise bank
kumari

४. शंखमा पानी संचित गरेर त्यसलाई पिउने चलन पनि छ। शंखमा राखिएको पानीमा क्याल्शियम, फस्फोरस जस्ता गुण रहेको हुन्छ। यसले हड्डी तथा दाँतको लागि राम्रो काम गर्छ।

५. वास्तुशास्त्रका अनुसार शंखमा यस्ता केहि गुण हुन्छ, जसले घरमा सकारात्मक उर्जा प्रवाह गर्छ। शंखको आवाजले सुतेको भूमिलाई जागृत गराउँछ।

कब्जियत हटाउन

यदि तपाईलाई कब्जियत छ भने  शंखमा पानी भरेर राख्नुपर्छ, बिहान खाली पेट उक्त पानी सेवन गर्नाले कब्जियत ठीक हुन्छ।

आँखाको स्वस्थ्यका लागि

आँखालाई लामो समयसम्म निरोगी एवं स्वस्थ्य राख्नका लागि एक रातभर शंखमा राखेको पानीले आँखा धुनुपर्छ।

अनुहारको सुन्दरताको लागि

शंखमा राखिएको पानीले अनुहारमा मसाज गरियो भने यसले अनुहारमा प्राकृतिक चमक ल्याउँछ।

केसका लागि

शंखमा राखिएको पानीलाई गुलाब जल मिसाएर केस धुनुपर्छ, केस बलियो, मुलायम र बाक्लो हुन्छ।


प्रकाशित: Mar 02, 2022| 06:00 बुधबार, फागुन १८, २०७८
प्रतिक्रिया दिनुहोस्