बुधबार, चैत ४, २०८२

कसरी जोगाइराख्‍ने इम्युनिटी?

यसका साथै चिन्ता र तनाव कम गर्नुपर्छ। तनावले हाम्रो शरीरमा कटिसोल हार्मोन उत्पन्न हुन्छ। ती हार्मोनले हाम्रो इम्युन सिस्टमलाई असर गर्छ। तनावले हामीलाई संक्रमणको जोखिममा पुर्‍याउँछ। चिन्ताकै कारण विभिन्न स्वास्थ्य समस्या पैदा हुने हुन्छ।
 |  बुधबार, फागुन १८, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १८, २०७८

स्वास्थ्य मानिसको सबैभन्दा महत्त्वपूर्ण चिज हो। जस्तोसुकै काम गर्नका लागि पनि मानिस स्वस्थ हुनुपर्छ। मानिस स्वस्थ हुनका लागि रोग प्रतिरोधात्मक क्षमता बलियो हुनुपर्छ। स्वास्थ्यमा खानपानदेखि सुताइसम्मले असर पार्छ। मानिस स्वस्थ हुनका लागि नियमित सात घण्टा सुत्नुपर्छ। सात घण्टा पूर्ण निन्द्रा सुत्दा मानिसमा इम्युनिटी पावर बढ्छ। वा, यसले रोग प्रतिरोधात्मक क्षमता घट्न दिँदैन।

National life

यसका साथै चिन्ता र तनाव कम गर्नुपर्छ। तनावले हाम्रो शरीरमा कटिसोल हार्मोन उत्पन्न हुन्छ। ती हार्मोनले हाम्रो इम्युन सिस्टमलाई असर गर्छ। तनावले हामीलाई संक्रमणको जोखिममा पुर्‍याउँछ। चिन्ताकै कारण विभिन्न स्वास्थ्य समस्या पैदा हुने हुन्छ।

चिन्ता कम गर्नका लागि व्यायाम गर्ने, योग गर्ने, पारिवारिक माहोलमा रमाउने, गीतसंगीतमा रमाउने गर्नुपर्छ। व्यायाम र आरामले पनि इम्युनिटीमा असर गर्छ। अत्यधिक व्यायाम गर्दा पनि इम्युनिटी घट्छ। त्यसैले ओभर एक्सरसाइज गर्नु पनि राम्रो होइन। तर, नियमित सन्तुलन मिलाएर एक्सरसाइज गरेको खण्डमा भने इम्युनिटी पावर बढ्छ। त्यसैले रिल्याक्स भएर आराम गर्नुपर्छ।

धुमपान र मदिरापानले पनि रोग प्रतिरोधात्मक क्षमतामा नकारात्मक असर गर्छ। इम्युनिटी सिस्टमलाई बलियो पार्ने भनेको स्वस्थ र सन्तुलित आहारले पनि हो। यो मानिसको जीवनमा सबैभन्दा महत्त्वपूर्ण तत्त्व हो। यो विषयमा धेरै कुरा अध्ययन भएर प्रमाणित पनि भएका छन्। हामीले स्वस्थ रहनका लागि प्रशस्त मात्रामा सागपात, गेडागुडी खानुपर्छ। दूध र दही खानुपर्छ। फलफूलमा साइट्रस फ्रुट्स खानुपर्छ। त्यो भनेको अमिलो रस आउने फलफूल हुन्। जस्तो कि अमला, कागती, सुन्तला, भोगटे आदिको सेवन गर्नुपर्छ। यस्ता फलफूलको सेवनले हामी थुप्रै संक्रमणबाट जोगिन सक्छौं।

त्यस्तै, सागसब्जीमा पनि ब्रो काउलीदेखि लिएर अन्य ताजा फलफूलको सेवन गर्नुपर्छ। नट्समा पोलियन्स सेच्युरेटेड फ्याटी एसिड, सेलेनियम, गुलुटामिनेस, कपर, क्रोमियम, म्याग्नेसियम जस्ता खनिज ड्राइ फ्रुट्समा बढी पाइन्छ। त्यसैले हामीले यी चिजको सधैँ सेवन गर्नुपर्छ। गेडागुडी पनि पर्याप्त खाने गरौं। धेरै ठाउँमा अदुवा र लसुनलाई एन्टि इन्फेक्सन प्रोपर्टी भएको मानिन्छ। बेसारमा पनि एन्टि इन्फेक्सन क्षमता हुन्छ।

Laxmi sunrise bank
kumari

त्यसैले संक्रमणसँग लड्नका लागि पर्याप्त अदुवा र लसुनको सेवन गर्नुपर्छ। दूधलाई हार्ट र कोलेस्ट्रोलको एंगलबाट नराम्रो भनिन्छ। तर, अध्ययन गर्दा दहीमा लेक्टोबेसिलेस हुन्छ। दूधमा पनि ल्याक्टो एल्ब्यूमिन हुन्छ। जसले सर्ट टम इम्युनिटीलाई मेन्टेन गर्छ। चिनियुक्त खानेकुरा घटाउनुपर्छ। यस्ता खाने कुराले रोग प्रतिरोधात्मक क्षमता घटाउँछ।

(डा. ओममूर्ति अनिलसँग गरिएको कुराकानीमा आधारित।)

प्रकाशित: Mar 02, 2022| 06:30 बुधबार, फागुन १८, २०७८
प्रतिक्रिया दिनुहोस्