बुधबार, चैत ४, २०८२

एक सय ५८ जनामा कोरोना पुष्टि, दुई जनाको मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार छ हजार पाँच सय चार जनामा परीक्षण गर्दा एक सय ५८ जनामा पुष्टि भएको हो।
 |  मंगलबार, फागुन १७, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १७, २०७८

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- पछिल्लो २४ घण्टामा थप एक सय ५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार छ हजार पाँच सय चार जनामा परीक्षण गर्दा एक सय ५८ जनामा पुष्टि भएको हो।

कोरोना निको भएर थप तीन सय ५४ जना डिस्चार्ज भएका छन्। मंगलबार देशभर सक्रिय संक्रमितको संख्या सात हजार नौ सय ७१ रहेको छ।

कोरोनाले थप दुई संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। यससँगै मृत्यु हुनेको कूल संख्या ११ हजार नौ सय ३८ पुगेको छ।

प्रकाशित: Mar 01, 2022| 16:55 मंगलबार, फागुन १७, २०७८
प्रतिक्रिया दिनुहोस्