बुधबार, असार १०, २०८३

यस्तो आयो जयनन्द लामाको पोष्टमार्टम रिपोर्ट

कलाकार जयनन्द लामाको पोष्टमार्टम रिपोर्ट आएको छ। लामा यही फागुन ११ मा भक्तपुरको कौशलटारस्थित घर बाहिर मृत फेला परेका थिए।
 |  मंगलबार, फागुन १७, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १७, २०७८

काठमाडौं– कलाकार जयनन्द लामाको पोष्टमार्टम रिपोर्ट आएको छ। लामा यही फागुन ११ मा भक्तपुरको कौशलटारस्थित घर बाहिर मृत फेला परेका थिए।

National life

भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेजमा उनको शव परीक्षण गरिएकोमा चिकित्सकले लामाको मृत्युको कारण टाउको ठोकिएको उल्लेख गरेका छन्। ‘ब्लन्ट फोर्स इन्जुरी टु दि हेड’ अर्थात् टाउको बजारिएर लामाको मृत्यु भएको पुष्टि भएको हो।

लामा ११ गते बिहान ७ बजेतिर आफ्नै कारबाट लडेको अवस्थामा घर बाहिर मृत भेटिएका हुन्। लामाको एउटा खुट्टा कारमा अड्किएको थियो भने शरीर घोप्टो परेर भुइँमा लत्रिएको अवस्थामा भेटिएको थियो।

शरीरमा हतियारको चोट नभएको र टाउकोमा रगत जमेका कारण लामाको मृत्यु भएको रिपोर्ट प्रहरीले परिवारलाई उपलब्ध गराएको बताइएको छ। फागुन ११ गते राति एकदेखि साढे दुई बजेको बीचमा उनको मृत्यु भएको अनुमान छ।  

प्रकाशित: Mar 01, 2022| 15:38 मंगलबार, फागुन १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।