बुधबार, चैत ४, २०८२

भारतमा करिब सात हजार नयाँ संक्रमित

सोही अवधिमा अरु १८० जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको अधिकारीहरुले जनाएका छन्। भारतमा अहिले संक्रमित अवस्थामै रहेकाहरुको संख्या ९२ हजार ४७२ रहेको संघीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।
 |  मंगलबार, फागुन १७, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १७, २०७८

National life
Laxmi sunrise bank
kumari

नयाँ दिल्ली- भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितहरुको संख्या दिनप्रति दिन घट्दै गइरहेको छ। सरकारी अधिकारीहरुले मंगलबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा छ हजार ९१५ जना नयाँ संक्रमित भएका हुन्। 

सोही अवधिमा अरु १८० जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको अधिकारीहरुले जनाएका छन्। भारतमा अहिले संक्रमित अवस्थामै रहेकाहरुको संख्या ९२ हजार  ४७२ रहेको संघीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।

सोही अवधिमा १६ हजार ८९४ जना कोरोनाभाइरसबाट संक्रमणमुक्त भएका छन्। एउटै अवधिमा नयाँ संक्रमितहरुको सख्याभन्दा संक्रमणमुक्त भएकाहरुको संख्या दोब्बरभन्दा बढी देखिएको छ। एउटै अवधिमा नयाँ संक्रमितहरुको संख्या भन्दा संक्रमणमुक्त भएकाहरुको संख्या धेरै रहेकाले सक्रिय संक्रमितहरुको संख्या पनि घट्दै गएको छ।    एएनआई

प्रकाशित: Mar 01, 2022| 15:40 मंगलबार, फागुन १७, २०७८
प्रतिक्रिया दिनुहोस्