शुक्रबार, साउन २९, २०८३

धरानको होटलमा महिलाको शव फेला

धरानको एक होटलमा महिलाको शव फेला परेको छ। धरान-१८ बुद्धचोकस्थित न्यू कान्तिपुर होटल एण्ड गेष्ट हाउसको कोठामा एक महिलाको शव फेला परेको हो।
 |  मंगलबार, फागुन १७, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १७, २०७८

काठमाडौं- धरानको एक होटलमा महिलाको शव फेला परेको छ। धरान-१८ बुद्धचोकस्थित न्यू कान्तिपुर होटल एण्ड गेष्ट हाउसको कोठामा एक महिलाको शव फेला परेको हो।

उक्त कोठामा दुई दिनदेखि महिला र पुरुष बस्दै आएका थिए। मृत महिलासँगै बसेका पुरुष भने फरार रहेको प्रहरीले जनाएको छ।

मृत महिलाको अनुहारमा चोट देखिएकोले उनको हत्या भएको हुनसक्ने प्रहरीले जनाएको छ। प्रहरीले घटनाबारे अनुसन्धान थालेको जनाएको छ।

इलाका प्रहरी कार्यालय धरानले मृतकको सनाखत हुन नसकेको जनाएको छ। प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ।

प्रकाशित: Mar 01, 2022| 11:59 मंगलबार, फागुन १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।