काठमाडौं- सुनको मूल्य मंगलबार घटेको छ। सोमबारको तुलनामा मंगलबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुन ९७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।
सोमबार १ हजार ४ सय रुपैयाँ घट्दा प्रतितोला ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। गत बिहीबार सुन तोलाको ९९ हजार रूपैयाँ पुगेको थियो भने आइतबार ९६ हजार ६ सयमा आइपुगेको थियो।
चाँदीको मूल्यमा सामान्य गिरावट छ। ५ रुपैयाँ घट्दा मंगलबार १३ सय ३५ रुपैयाँ प्रतितोला भएको छ।