बुधबार, असार १०, २०८३

हेटौँडाको पशुपति मन्दिरमा दर्शनार्थीको घुइँचो

हाल त्यहाँ मेला लागेको छ भने भजनकीर्तनसमेत भइरहेको छ। यसैगरी हेटौँडाको फरेष्टी कलेज हातामा रहेको शिव मन्दिरलगायत सहरका अन्य शिव मन्दिरमा पूजाआजा भइरहेको छ।
 |  मंगलबार, फागुन १७, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १७, २०७८
National life
Shivam cement

हेटौँडा- हिन्दूहरूको महान् पर्व शिवरात्रिका अवसरमा आज हेटौँडा उपमहानगरपालिका–४ कर्रामा रहेको पशुपतिनाथ मन्दिरमा आज बिहानदेखि हिन्दू धर्मावलम्बी दर्शनार्थी पूजाआजका लागि भीड लागेको छ।

पूजाका लागि जल, बेलपत्र, पुष्प (फूल), अक्षता, दूध, दही, मिष्ठानधुप र अगरबत्तीलगायत सामग्री लिएर बिहानैदेखि महिला, पुरुष, वृद्धवृद्धा र बालबालिका पूजाका लागि लाइनमा लागेर भगवान् शिवको पूजाआरधाना गरिरहेका छन्। कोरोना महामारीका कारण विगत दुई वर्षदेखि बन्द रहेको सो मन्दिर यसपटक खोलिएपछि हर्षोल्लासका साथ भक्तजन पूजाका लागि व्यस्त रहेको पाइएको छ।

हाल त्यहाँ मेला लागेको छ भने भजनकीर्तनसमेत भइरहेको छ। यसैगरी हेटौँडाको फरेष्टी कलेज हातामा रहेको शिव मन्दिरलगायत सहरका अन्य शिव मन्दिरमा पूजाआजा भइरहेको छ।  

प्रकाशित: Mar 01, 2022| 11:20 मंगलबार, फागुन १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।