शुक्रबार, साउन २९, २०८३

रुकुम पूर्वको सिस्नेकामा १७२ घरका खरका छाना हटाइए

सुरक्षित नागरिक आवास कार्यक्रममार्फत गाउँपालिकाका १७२ विपन्न परिवारको घरका खरका छाना हटाइएको हो।
 |  मंगलबार, फागुन १७, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १७, २०७८

रुकुम पूर्व- रुकुमपूर्वको सिस्ने गाउँपालिकामा तीन आर्थिक वर्षको अहिलेसम्मको अवधिमा १५० भन्दा बढी घरमा टिनको छाना टल्किएका छन्। सुरक्षित नागरिक आवास कार्यक्रममार्फत गाउँपालिकाका १७२ विपन्न परिवारको घरका खरका छाना हटाइएको हो। 

कार्यक्रम लागू भएको सुरुको वर्ष अर्थात् आव २०७६/७७ मा सिस्ने गाउँपालिकाका ३० घरपरिवारले सुरक्षित नागरिक आवास कार्यक्रममार्फत खरको छाना हटाएर टिनको छाना हालिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत चिन्तामणि दाहालले जानकारी दिए।

उनका अनुसार आव २०७७/७८ मा ७६ घरपरिवारले टिनको छाना हालेका थिए। चालु आवको अहिलेसम्मको अवधिमा भने ६६ घरपरिवारले टिनको छानो फेरेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दाहालले बताए।

चालु आवमा टिनको छाना फेरेका ६६ जनालाई भुक्तानीसमेत दिइसकेको गाउँपालिकाले जनाएको छ। खरको छाना हटाइ टिनको छाना हाल्नका लागि सम्झौता गरेकामध्येमा ८७ घरपरिवार अझै बाँकी छन्। उनीहरूमध्ये कतिपयले घर बनाइसकेका छन् भने कतिपयले बनाएका छैनन्। उनीहरूलाई पनि भुक्तानीका लागि सघन सहरी तथा भवन निर्माण आयोजनाको कार्यालयमा बजेट माग गरी पठाएको निमित्त प्रमुख प्रशासकीय अधिकृत दाहालले बताएका छन्। 

उनका अनुसार गाउँपालिकाभरबाट टिनको छानाका लागि भनेर ५८३ वटा निवेदन परेका थिए। त्यसमध्येमा छनोटमा ३०९ घर परेका थिए भने सम्झौता २५९ घरपरिवारको भएको थियो। यसमा १ नं वडामा २५ घर, २ नं वडामा ४१ घर, ३ नं वडामा २० घर, ४ नं वडाका ४६ घरले छानो फेर्नका लागि सम्झौता गरेका थिए। यस्तै ५ नं वडाका ३९, ६ नं वडाका ४०, ७ नं वडाका २७ र ८ नं वडाका २१ घरपरिवारले सम्झौता गरेका थिए। 

अन्य वडाका नागरिक टिनको छानो फेरेर भुक्तानीका लागि आए पनि १ नं वडाका नागरिक एक जना पनि नआएको गाउँपालिकाले जनाएको छ। भौगोलिक हिसाबले विकट, सडक नपुगेको ठाउँ सिस्ने-१ वासीलाई आउन जान तथा टिन ढुवानीको ५० हजारभन्दा धेरै खर्च हुने हुँदा मानिस नआएको निमित्त प्रमुख प्रशासकीय अधिकृत दाहालले बताए। छनोटमा परेका विपन्न परिवारले पहिले आफ्नै लगानीमा टिनको छाना हालेपछि प्राविधिकको अनुगमनपश्चात ५० हजार भुक्तानी दिने गर्दछ।  रासस

प्रकाशित: Mar 01, 2022| 11:05 मंगलबार, फागुन १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।