बिहीबार, असार ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पशुपति क्षेत्र भएर चल्ने सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

पशुपति क्षेत्र भएर चल्ने सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

शिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ क्षेत्र वरपरको ट्राफिक व्यवस्थापन चुस्त पार्न ट्राफिक प्रहरी सक्रिय बनेको छ।
 |  मंगलबार, फागुन १७, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १७, २०७८

काठमाडौं- शिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ क्षेत्र वरपरको ट्राफिक व्यवस्थापन चुस्त पार्न ट्राफिक प्रहरी सक्रिय बनेको छ। ‘महाशिवरात्रि पर्व विशेष ट्राफिक व्यवस्थापन योजना’ बमोजिम ट्राफिक व्यवस्थापनलाई चुस्त पारिने महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी उमेश राज जोशीले बताएका छन्।

National life

पशुपति क्षेत्रमा पूजामा आउने भक्तजन एव दर्शनार्थीको भिडभाडलाई लक्षितगरी सहज आवतजावतको प्रवन्ध मिलाइएको छ। गौशाला क्षेत्र आसपासमा छुट्टाछुट्टै स्थानमा पार्किङ गर्ने स्थानसमेत तोकिएको ट्राफिक प्रहरीले जनाएको छ।

आज चाबहिल, गौशाला, तिलगंगा क्षेत्रमा निर्वाधरुपमा सवारी साधन चलाउने व्यवस्था मिलाइएको छ। तर, भक्तजनहरूको भीड अत्याधिक भई सवारी सञ्चालनमा समस्या हुने अवस्था देखिएमा उक्त रुटमा भक्तजन बाहेकका सवारीलाई बैकल्पिक मार्गबाट सञ्चालनको व्यवस्था मिलाइने प्रहरीले जनाएको छ।

दर्शनार्थीको चापका कारण गौशाला क्षेत्र भई चक्रपथमा चल्ने यातायात सञ्चालन गर्न नसक्ने अवस्था आएमा मित्रपार्क-गौशाला-तिलगंगा क्षेत्रमा सवारी आवगमन निषेधगरी बैकल्पिक मार्गबाट सवारी सञ्चालनको व्यवस्था मिलाइने बताइएको छ।

सिफल चौर, गौरीघाट करिडोर, गुह्हेश्वरी, तिलगंगाको पार्किङ र तिलगंगा करिडोरमा पार्किङको व्यवस्था मिलाएको छ। यसैगरी पशुपति क्षेत्र विकास कोषको कार्यालय भित्र कोष तथा पासबाहक सवारी साधन, गौशाला प्रहरी कार्यालय भित्र सुरक्षा निकाय तथा पासवाहक सरकारी सवारी साधन र बनकाली क्षेत्रमा अन्य अत्यावश्यक प्रयोजनका सवारी साधन पार्किङ गर्ने व्यवस्था मिलाएको महाशाखाले जनाएको छ।

Shivam cement

गौशाला चोकमा भिडभाड धेरै भई सवारी चल्न सक्ने अवस्था नभएमा चाबहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट गौशालातर्फ, ज्ञानेश्वर मैतिदेवीबाट रातोपुल हुँदै गौशालातर्फ, सिफल चौरबाट जय बागेश्वरीतर्फको रुटमा चल्ने सवारीलाई बैकल्पिक मार्ग भई सञ्चालनको व्यवस्था मिलाइएको छ।

तिनकुनेबाट सिनामंगल तिलगंगातर्फ, चाबहिलबाट गौशालातर्फ र वाग्मती करिडोरबाट गौरिघाट र तिलगंगा क्षेत्र भई चल्ने मालबाहक सवारी साधनलाई सो खण्डमा निषेधगरी डाइभर्सनको प्रबन्ध मिलाइए छ।



प्रकाशित: Mar 01, 2022| 07:34 मंगलबार, फागुन १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।