बुधबार, असार १०, २०८३

आज देशभरको मौसम सफा रहने

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। देशको पहाडी भूभागमा आंशिक बदली तथा अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ।
 |  मंगलबार, फागुन १७, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १७, २०७८

काठमाडौं- हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। देशको पहाडी भूभागमा आंशिक बदली तथा अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

National life

मंगलबार देशको पहाडी भूभागमा आंशिक बदली तथा अन्य भूभागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश १, गण्डकी प्रदेश तथा सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। 

बुधबार देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली तथा अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागको थोरै स्थानमा साथै कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

बिहीबार देशको सुदूरपश्चिम र कर्णाली प्रदेशको साथै पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा अन्य भूभागमा मौसम सामान्यत सफा रहनेछ। 

प्रदेश १,गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू्भागका केही स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। गण्डकी र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

Shivam cement

प्रकाशित: Mar 01, 2022| 06:50 मंगलबार, फागुन १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।