बुधबार, असोज १४, २०८३

आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ २५ पैसा र बिक्री दर १२० रुपैयाँ ८५ पैसा कायम गरेको छ।
 |  मंगलबार, फागुन १७, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १७, २०७८

काठमाडौं- नेपाल राष्ट्र बैंकले मंगलबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ २५ पैसा र बिक्री दर १२० रुपैयाँ ८५ पैसा कायम गरेको छ। 

युरो एकको खरिद दर १३४ रुपैयाँ ८५ पैसा र बिक्री दर १३५ रुपैयाँ ५२ पैसा  कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १६१ रुपैयाँ १४ पैसा र बिक्री दर १६१ रुपैयाँ ९४ पैसा छ। यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ ५४ पैसा र बिक्री दर १३१ रुपैयाँ १९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अस्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ७८ पैसा र बिक्री दर ८७ रुपैयाँ २२ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९४ रुपैयाँ ४० पैसा रहेको छ भने बिक्री दर ९४ रुपैयाँ ८७ पैसा छ। 

जापानी येन १० को खरिद दर १० रुपैयाँ ४० पैसा र बिक्री दर १० रुपैयाँ ४६ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ ०७ पैसा र बिक्री दर १९ रुपैयाँ १६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपैयाँ ०५ पैसा र बिक्री दर ३२ रुपैयाँ २१ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३२ रुपैयाँ ८७ पैसा र बिक्री दर ३३ रुपैयाँ ०४ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ। 

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ६४ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ७८ पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर १० रुपैयाँ र बिक्री दर १० रुपैयाँ ०५ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।   - यस्तो छ आजको विनिमय दर

प्रकाशित: Mar 01, 2022| 06:17 मंगलबार, फागुन १७, २०७८
प्रतिक्रिया दिनुहोस्